site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक विस्तारको ८ वर्षपछि ‘आर्क ब्रिज’
Sarbottam CementSarbottam Cement

काठमाडौं । माइतीघरदेखि भक्तपुरसम्म सडक विस्तार भएको ८ वर्ष पुग्यो । सडक विस्तार भएको यत्रो समय भइसक्दा पनि काठमाडौंको बिजुलीबजारस्थित धोबिखोला र शान्तिनगरस्थित बागमती नदीमा भने पुल बन्न सकेको छैन ।

कुनै विकट गाउँमा निर्माण सामग्री लैजान, यन्त्र–उपकरण पुर्याउन समस्या होला तर संघीय राजधानीको केन्द्रमा रहेको निक्कै चल्तिफिर्ती रहने सडकका दुई स्थानमा यत्तिका समय पुल बन्न नसक्नुले सरकार र सरकारी निकायको ढिलासुस्तीको उदाहरण बोलेको छ ।

सडक विभाग अन्तर्गतको उपत्यका सडक विस्तार आयोजनाले गत वर्ष पुस र यही असारमा निर्माण सक्ने गरी २०७१ पुसमा पप्पु कन्ट्रक्सन र जेई कन्ट्रक्सनलाई ती ४ स्थानमा आर्क ब्रिज निर्माणको ठेक्का लगाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बाग्मती नदीमा आर्क ब्रिज बनाउने जिम्मा पप्पु कन्ट्रक्सनको हो भने धोबीखोलामा आर्क ब्रिज बनाउने जिम्मा जेई कन्ट्रक्सनको हो । निर्माण सम्पन्न हुने मितिको ७ महिना नाघ्दा पनि धोबिखोलाको आर्क ब्रिजको काम ४५ प्रतिशतमात्र सम्पन्न भएको उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठ बताउँछन् ।

जेई कन्ट्रक्सन प्रालिले बनाउँदै गरेको उक्त आर्क ब्रिज गत वर्ष पुसमा निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तानतरण गर्ने सम्झौता भए पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको हो । निर्माण सम्पन्न हुने मितिको २ महिनापछि गत वर्ष फागुनबाट मात्र सो पुलको काम सुरु गरिएको थियो ।

Global Ime bank

आर्क ब्रिज निर्माणका क्रममा रहेकाले हाल बिहान ९ देखि ११ र बेलुकी ३ देखि ५ बजेसम्म उक्त दुई स्थानमा ट्राफिक जामको समस्या अत्यधिक रहने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका इन्स्पेक्टर जितेस दाहालले बताए । आर्क ब्रिज निर्माणका क्रममा सडकमा थुपारिएका निर्माण सामग्रीले ट्राफिक व्यवस्थापनमा समेत बाधा पुर्याउने गरेको त्यहाँ ड्युटीमा रहेका ट्राफिक प्रहरीहरुको भनाइ छ । 

“आर्क ब्रिज बनिरहेकाले ट्राफिक व्यवस्थापन र गाडी सञ्चालनमा केही अप्ठ््यारो देखिएको छ,” आयोजनाका सूचना अधिकारी श्रेष्ठले भने, “यही दसैंपछि पुल सञ्चालनमा आउने हुँदा धोबिखोला एकातर्फ ट्राफिक जाम र व्यवस्थापनको समस्या हट्नेछ ।”

धोबिखोलाको दुवै भागमा बनाइने आर्कब्रिज उत्तरपट्टिको जग्गामा केही विवाद देखिएकाले पहिलो चरणमा दक्षिण एकतर्फमात्र आर्कब्रिज निर्माण सुरु गरिएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

धोबिखोलामा दुवैतर्फ आर्कब्रिज निर्माणका लागि सरकारले रु. १३ करोड १३ लाख बजेट छुट्याएको थियो ।  हाल धोबिखोलामा बन्दै गरेको आर्क ब्रिजको ४५ प्रतिशत निर्माण प्रगति सम्पन्न भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

तीनकुने र धोबिखोला दुवै स्थानमा खानेपानी र ढलका पाइप र बिजुलीका पोलहरु रहेका र तिनलाई हटाउन सम्बन्धित निकायसाग बारम्बर पहल गर्नुपरेकाले आर्क ब्रिज निर्माण समयमै सम्पन्न हुन नसकेको आयोजना प्रमुख दीपक केसीको दाबी छ ।

धोबीखोलाको निर्माणधीन यो आर्कब्रिज नेपालमै पहिलो पटक डिजाइन गरिएको भए पनि विभिन्न अवरोधका कारण ढिलो निर्माण सम्पन्न हुने भएको छ । “डिजाइनका हिसाबले काठमाडौंमा बन्न लागेको यस्तो आर्क ब्रिज नेपालमा अन्य कतै थिएन,” सूचना अधिकारी श्रेष्ठ भन्छन्, “तर विभिन्न अवरोधका कारण समयमै निर्माण हुन नसक्दा नेपालमै पहिलो भनेर दाबी गर्न नसक्ने अवस्था छ ।”

नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन आर्क ब्रिज दसैंअघि नै सञ्चालनमा आउने देखिएकाले धोबिखोलाको आर्क ब्रिज पहिलो हुने सम्भावना नदेखिएको हो ।

के हो आर्क ब्रिज ?
पुलको तल्लो भागमा पिल्लर नभएर माथिल्लो मागमा सपोर्ट रहेको आर्क ब्रिज विकसित देशहरुमासमेत प्रचलित, कम खर्चिलो र धेरै भारबहान क्षमता रहेको हुन्छ । 
अन्य पुलमा जस्तो खोलाले वर्षौंं बालुवा बगाउँदा पिल्लर हल्लिने, ढल्ने समस्या आर्क ब्रिजमा नरहने भएकाले यस्तो पुल सुरक्षित मानिन्छ । “आर्क ब्रिज विकसित देशमा प्रयोग भइरहेको पुल हो,” श्रेष्ठले बताए ।

माथिल्लो भागमा रड र सिमेन्टको सपोर्ट रहने यस पुलको बीच भागमा फलामको नेटवर्क रहन्छ । जसले पुलमा गाडी कुद्दाको भारलाई चारैतिर फैलाई नियन्त्रण गर्छ । पुलको बीच भागमा फलामको नेटवर्क रहेकाले यस्तो पुललाई नेटवर्क ब्रिज पनि भन्ने गरिन्छ । 
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC