site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिनताबोधको साबिती

समाजमा ऊर्जा र आशा छैन । कथं आइहाल्यो भने त्यो समय अर्कै होला, अहिले छैन । थियो, बलियो सरकार आएपछि केही होला भन्ने आशा ठूलो थियो । भएको सामाजिक ऊर्जालाई अरु सशक्त एवं जाग्रत गर्नुपर्ने थियो । तर निमोठियो, दम्भ र ओँठे जबाफले, आशा मृततुल्य भयो, ऊर्जा शिथिल । सुशासन र समृद्धिको ठूलाठूला भाषण भए । त्यसका लागि एकीकृत राष्ट्रिय ऊर्जा उत्पादन र संग्रह गर्नुपर्ने कर्तव्यलाई लत्याइयो । एक्लै सबै हुँ भन्ने सरकारी अहंको जगजगी बढ्यो । फलतः निराशा बाक्लो छ । प्रधानमन्त्री केपी ओलीको सरकारले निकालेको पञ्च महिनाको कथित उपलब्धि यही सेरोफेरोमा आएको हीनताबोधको साबिती बकपत्र हो । सरकारलाई तुष्टिपत्र, जनतालाई भ्रमपत्र । 

पाँच वर्षका लागि चुनिएको बलियो सरकारलाई उपलब्धिका नाममा पाँच महिने बकपत्र प्रकाशित गर्नुपर्ने खाँचो किन पर्यो ? पहिलेदेखि भएका काम र निरन्तरका योजनालाई समेत जोडजाम गरेर ल्याइएको उपलब्धि भनिएका केही बुँदा हेरौँ र आफैँसँग प्रश्न गरौँ – सत्य थाहा हुन्छ । 

के यातायातको सिन्डिकेट हटिसक्यो ? समितिमा थियो कि कम्पनीमा गयो । तर, यसमा केही फरक अनुभूति गरेका छौँ ? सुन तस्कर कारबाहीमा, तस्करी नियन्त्रण भयो रे ! यो दाबा सत्य हो त ? गृहमन्त्रीले  जतिसुकै ठूला भए पनि सुन तस्कर (ठूलामाछा) लाई छोडिनेछैन भनेर धेरैवटा सार्वजनिक कार्यक्रममा भने । प्रधानमन्त्रीकै निर्देशनमा सुन तस्करी काण्डको छानबीन रोकियो भन्ने समाचार सार्वजनिक भयो । काण्ड रोकिनु र ठूला तस्कर कारबाहीमा पर्नु भनेको यही हो ? 
पुनः निर्माणमा ठोस प्रगति भएको उपलब्धिमा लेखिएको छ । पुनः निर्माण प्राधिकरणलाई नेतृत्वविहीन बनाएर भद्रगोल र भूकम्प पीडितको पालमुनिको कष्टकर बासलाई थप लम्याउनु ठोस प्रगति मानिनसक्छ ? मितव्ययिता कायम भएको अर्को हास्यास्पद कुरा छ । केही कर्मचारीको विदेश भ्रमण रोकेर मितव्ययिताको गुड्डी हँकाइ आत्मश्लाघाले भरिएको भ्रम हो । ढुकुटीमा कति जोगियो, कति थपियो ? 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री कोष र मन्त्रीहरूबाट आफ्ना कार्यकर्ता र तिनका संस्थालाई बेहिसाब पैसा बाँडिएको समाचार आइरहेछन् । यस्तो अपारदर्शी आर्थिक कारोबार सुशासन हो कि, मितव्ययी ? 

अरुण तेस्रोको शिलान्यास उपलब्धि रे । होइन, बद्नियत सच्याइएको हो र त्यो पनि भारतलाई सुम्पिएर । झन्डै दुई दशकअघि बहुराष्ट्रिय सहयोगमा अरुण जलविद्युत् योजना बन्ने थियो । तर, अहिलेको नेकपा, त्यो बेलाको एमालेले अरुण बन्न रोक्यो । परिणाम, वर्षौंको लोडसेङिले युवा ऊर्जा र राष्ट्रिय उत्पादनलाई अँध्यारोमा धकेल्यो । बहुराष्ट्रिय लगानीमा अरुण बनाइँदा नेपाललाई दबाब पर्ने सम्भावना कम हुन्थ्यो तर एउटा मुलुकलाई सुम्पिएर शिलान्यासको स्विच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै थिच्दा राष्ट्रवादी बखान झल्झलाकार भएकै बोध होला, त्यो उपलब्धि ! डुबान र बाढी, पहिरोले यस वर्ष मुलुकमा यसअघि नभएको क्षति भएको छ । सरकारकोा नाकैअघिको भक्तपुर यसवर्ष तीनपटक डुबानमा परेको देखिसकियो । तर, लेखिएको छ, डुबान समस्या न्यूनीकरण गर्न सफल । सोझै ढाँट्ने ? नेपाली त्यति धेरै मूर्ख छन् र जे पनि पत्याइदिने ।

Global Ime bank

सामाजिक सुरक्षाभत्ता वितरण पारदर्शी बनाएको दाबी छ । विभिन्न मन्त्रालयअन्तर्गतका स्रोत र शक्ति सम्पन्न झन्डै एक दर्जन निकाय आफूमा खिचेर हालीमुहाली गर्ने तर कतै पारदर्शिता देखाउन नसक्ने नेतृत्वको सरकारले बिनालेखाजोखा भत्ता वितरण पारदर्शी बनाएको दाबा गरेको छ । क्यान्सर र मिर्गाैला रोगको उपचारका लागि बिरामीलाई पाँच हजार रुपियाँ दिने पूर्ववर्ती सरकारको निर्णलाई रोकेर भनिएको सामाजिक हित वा मितव्ययिता उपलब्धि हो कि दीन, दुःखीमाथि नुनचुक ? 
राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा गरिएको भनियो । त्यसो थियो भने, सरकारले भारतका लागि हालै सिफारिस गरिएका व्यक्ति र प्रक्रिया किन विवादित बने ? मापदण्डको परीक्षण त हुने नै छ । विषय विज्ञभन्दा पार्टीका पूर्णकालीन वा झोले कार्यकर्ता र तेरोमेरोमा भागबण्डा भए, राजदूत मापदण्डलाई उपलब्धि भन्नुको बेतुका दाबी आगामी समयमा स्पष्ट हुने नै छ ।     

यस्ता टापटिपे उपलब्धिका बुँदाले सरकार, यसको नेतृत्व र सरकार सञ्चालक सिंगो टिमको हीनताग्रन्थीलाई भने राम्रै उजागर गरेको छ । सरकारको हचुवा निर्णय र अलोकतान्त्रिक शैलीका कारण बढ्दो नागरिक आलोचनालाई बर्गल्याउन यो बकपत्र ल्याइएको हो । तर, उपलब्धि भनिएको पत्र स्वयं सार्वजनिक हास्यपत्र भएकोले सरकारलाई अरू छटपटी थपिने भयो । 

दोहोरोमात्र होइन, तेहोरो ( केन्द्र, प्रदेश र स्थानीय) करको बोझले थिचिएको नागरिक, अभूतपूर्व महँगी, गुणस्तरहीन विषाक्त र अखाद्य भइसकेका सामग्रीले उपभोक्ता मारमा परेको छ । यस्तो अराजक  अवस्थालाई नियन्त्रण गर्न नसक्ने सरकारले बाढी पहिरो पीडित जनता सामु यस्तो धक्कु दिन अलिकति पनि लाज मानेन ? प्रतिदिन बढ्दो हत्या, बलात्कार र अन्य अपराधिक घटनाको फेहरिस्त पनि अभूतपूर्व नै छ । किन यो सरकार बनेसँगै अपराधी सलबलाएका र आपराधिक घटना बढेका हुन् ? यसको कारण सामाजिक र मनोवेत्ताहरूले बताउलान् । यस्ता घटनाबीच सरकार हुनुको अर्थ नदेखिएका बेला लाज छोप्ने उपायमा यो कागजी फेहरिस्त बाँडिएको हो ।    

प्रधानमन्त्री जी, जुन दिन ग्राफिक्ससमेत रंगीचंगी उपलब्धिपत्र सार्वजनिक भएको थियो त्यही दिन खाद्यान्न अभावले कुपोषित बझाङकी आठ महिने सविता नेपालीको द काठमान्डु पोस्टमा छापिएको तस्बिरसहितको व्यथा पढ्नु भयो कि भएन ?  व्दन्व्दग्रस्त अफ्रिकी मुलुकतिर देखिने जस्तो दृश्य–कथा । तस्बिर देख्दा पहिले त्यस्तै लाग्यो तर आफ्नै मुलुक बझाङको समाचार रहेछ त्यो । अहिले धेरै उन्नत अवस्थामा पुगेको रुवान्डामा कुनै दिन त्यस्तो जीवन देखिएको थियो । बझाङमा मात्र चार हजार यस्ता दयनीय बालबालिका रहेको आँकडा समाचारमा छ । प्रधानमन्त्रीले त्यो कथा पढेको भए त्यसै दिनमा त्यो पत्र सार्वजनिक गरिने थिएन कि? 

यस्तो अवस्थाको दोषी यो सरकारमात्रै होइन । यसको लामो जिम्मेवारी विगतका सरकारी संरचना र राज्य प्रणालीले पनि लिनुपर्छ । तर, सुशासन र समृद्धिको नारा दिएको छ महिने सरकारले पनि यिनै पाँच महिनाभित्र केही गरिदिएको भए आठ महिने सविताहरूको यस्तो दुर्दशा हुने थिएन कि ? 

राजनीतिक अस्थिरता वा आठ, नौ महिनामा सरकार फेरिने विगत स्थितिलाई दोषी देखाएर पानीमाथि ओभानो हुँदै आएका दलहरु यतिबेला दुई तिहाइको स्थिरता आयो भनी रहेछन् । तर, स्थिति अहिले झन्झन् बिग्रँदै गएको उदाहरण उल्लिखित कुराले नै स्पष्ट हुन्छ । 
अस्थिर भनिएको बेला, कमजोरीबीच पनि राष्ट्रमा उल्लेखनीय उपलब्धि भएका छन् । यसको अर्थ अस्थिर नै रहनुपर्छ भन्ने होइन ।  लेखाजोखा हुनुपर्छ । यही अस्थिरताको बेला संविधान आयो, चुनाव भयो । कसरी ? सबैलाई समेटेर । पाँच महिनामै यस्तो दुर्गति किन ? सबैलाई लखेटेर । 

लोडसेडिङ हट्यो, पूर्वपश्चिम लोकमार्गसमेत राष्ट्रिय गौरवका आयोजना, कृषिलगायत अरू विश्वविद्यालयको स्थापना, भारतसँग विद्युत् व्यापारको निरन्तरता, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं – निजगढ द्रूतमार्ग, थुप्रै विद्युत् आयोजना यही अस्थिर भनिएको बेला बने, बनाइएका र काम  गरिएका योजना र कार्यक्रम हुन् । यस्तो पृष्ठभूमिमा बलियो र स्थिर भनिएको सरकारले किन पाँच महिनाको समयपत्र निष्काशन गरेको हो ? यो स्वाभाविक प्रश्नको आउने उत्तर त केही गर्न नसकेको वा गर्नुपर्ने र हुनुपर्ने जति काम नभएको सरकारी हीनताबोध पत्र भन्ने नै हो । कार्यकारी प्रमुख प्रधानमन्त्रीका भक्तहरूको सुझावमा आएको मुख्य उपलब्धि बुँदापत्र ‘नाक कट्टाको कथा’सँग जोडिएजस्तै देखिन्छ ।  

यतिबेला दुई तिहाइको ऊर्जा, सबैको ऊर्जा बनेर समृद्धिका लागि मुलुक जुरुक्क हुनुपर्ने थियो । तर, कठैबरा, न प्रधानमन्त्री र मन्त्रीमा ऊर्जा देखिन्छ, न त कर्मचारी तन्त्रमा नै इच्छाशक्ति देखियो । अरूको त कुरै छाडौँ । मुलुकको कार्यकारी प्रमुख कुनै एक कार्यक्रममा सात आठ घन्टा अनावश्यक बिताउँछन्, कुनै व्यक्तिसँग तीनचार घन्टा गफ गर्छन् र कुनै भेलामा उही कुरा दोहोर्‍याइ, तेहोर्‍याइ दुई तीन घन्टा भाषण छाँटेर समय कटाउँछन् भने उनले बाँकी के गर्छन् र यो मुलुकको के हुन्छ ? यस्तै बकपत्र सिबाय । समृद्धि, सुशासनको कुरै छोडौँ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC