site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर एक हजार नमुना विद्यालय बनाउने सरकारको लक्ष्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर कूल १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ । विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मन्त्रालयले सन् २०२२ सम्म १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको हो । 

मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी सहित प्रारम्भिक चरणको रकम स्थानीय सरकारमा पठाइसकेको जनाएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अध्यक्ष बाबुराम पौडेलले दिएको जनकारीअनुसार विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वय हुँदासम्म मुलुकभर १ हजार नमूना विद्यालय बनाउने लक्ष्य लिइएको हो । उनले कम्तिमा पनि ती नमूना विद्यालयहरु प्रत्येक निर्वाचन क्षेत्रमा बनाउने सरकारको नीति रहेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रमुख पौडेलले ती विद्यालयहरुका लागि प्रारम्भिक चरणको बजेट तथा कार्यक्रम स्थानीय सरकारलाई पठाइसकेको जानकारी  दिए । उनले प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गरी हाल कुल ५ करोड रकम स्थानीय सरकारमा पठाइएको जानकारी दिए । 
प्रमुख पौडेलले नमुना विद्यालय निर्माण कार्यका लागि अर्बौ रुपैयाँको बजेट रहेको बताउँदै, त्यो रकम एकै पटक नभएर क्रमागत हिसाबले स्थानीय सरकारलाई पठाउने निर्णय भएको बताए । 
उनले उक्त योजना एक वर्षमा सकिने योजना नभएको बताउँदै भने, “प्रारम्भिक चरणको बजेट मात्र पठाएका छौं ।”

के छ त मास्टर प्लानमा ?
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अध्यक्ष बाबुराम पौडेलल अहिले २ सय २२ वटा नमूना विद्यालयहरु मन्त्रालयले छनोट गरिसकेको बताए । उनले विद्यालयहरुले आर्थिक, शैक्षिक प्रशासनिक र व्यवस्थापकीय सुधारका सबै पक्ष समेटेर मास्टर प्लान बनाएर पठाएको बताए ।

Royal Enfield Island Ad

छनोटका आधार
 

प्रमुख पौडेलले शैक्षिक सुधारमा उन्मुख भएको विद्यालय हुनुपर्ने बताएका छन् । उनले भोलिका दिनमा एउटा ठुला विद्यालय बनाउने सरकारको नीति अन्तर्गत हजार नमुना विद्यालय बनाउने काम भइरहेको हो । उनले सरकारको नीति अनुसार भोलिका सम्भावनाहरुलाई समेटियोस् र कम्तिमा आउँदो ५० वर्षलाई त्यसले थेगोस भनेर दीर्घकालिन सोंच राखिएको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सामूदायिक विद्यालय व्यवस्थापन महाशाखाका उपनिर्देशक बलवहादुर कार्कीले शिक्षा मन्त्रालयले नमुना विद्यालय छनोटका लागि ‘नमुना विद्यालय छनोटका आधारहरू २०७३’ निर्माण गरेको जानकारी दिए । जस अन्तर्गत भौतिक पक्षदेखि, शैक्षिक गुणस्तर र स्थानीयको प्रतिबद्धतासमेत नमुना छनोटको आधार तोकिएको छ । 

उनले प्रयाप्त जग्गा हुनुपर्ने, कक्षा ११ र १२ मा विज्ञान संकाय संचालन भएको विद्यालयलाई आधार मानेको छ । त्यस्तै गत तीन शैक्षिक सत्रमा विद्यार्थीहरुको एसईई प्रतिशतको औसत अंक निकालेर त्यसवापत अंक दिने, विद्यार्थीको पहुँच कस्तो छ, जिल्लाको औसत विद्यार्थी आधारभूत तह र माध्यमिक तहको जिल्लाको औसत विद्यार्थीको संख्या र त्यो विद्यालयको विद्यालय संख्या कति छ भनेर हेर्ने बताए ।

न्युनतम विद्यार्थी संख्या प्रत्येक कक्षामा कम्तिमा ४० जना तोकिएको छ । विद्यार्थी संख्या एउटा कक्षामा हिमाली क्षेत्रका विद्यालयहरुमा ४०, पहाडमा ४५ र तराईका विद्यालयहरुमा ५० का दरले तोकिएको छ । त्यस्तै कक्षा १ देखि १२ सम्मको पठनपाठनका लागि आवश्यक हुने पर्याप्त जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro