site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आकर्षक नभएकैले मलाई ७ वटा फिल्मबाट निकालियो
Sarbottam CementSarbottam Cement

– मनोज बाजपेयी


बलिउडका दिग्गज अभिनेताहरूमा गनिने मनोज बाजपेयी हेर्दा ठीकठाक लाग्छन् । सुन्दरको सामान्य परिभाषा मान्ने हो भने उनमा त्यस्तो केही गुण छैन । कैयौं वर्ष उनको हातमा एउटा पनि फिल्म परेनन् किनकि उनी हेर्दा आकर्षक थिएनन् । कोही पनि उनलाई ‘हिरो’ मान्न तयार थिएनन् । त्यतिबेला बलिउड यस्तो चमकधमकबाट अघि बढिरहेको थियो, जहाँ सुन्दर देखिने कलाकार अभिनय नजाने पनि पर्दामा देखिन्थे । 

मनोजलाई मान्ने हो भने उनलाई अलि राम्रो देखिने ‘भिलेन’को भूमिकामा प्रस्ताव आउँथे । फिल्म उद्योग त आकर्षक अनुहारकै पछि थियो, भारतीय मिडिया पनि त्यो रोगबाट ग्रसित थियो । मनोजजस्ता कलाकारलाई उनीहरू ठावैं दिँदैनथे । यही कारण ३–४ वर्षको बीचमा साइन गरिसकेका करिब ७ फिल्मबाट उनलाई निकालियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले ‘सत्यमेव जयते’ फिल्मको प्रचार–प्रसारमा दौडिरहेका मनोजले बलिउडमा प्रवेशताका झेलेका संघर्ष यसरी सुनाए— 

शून्य हैसियत

Global Ime bank

‘सत्या’पछि मलाई अतिसुन्दर हिरोका फिल्ममा भिलेनको भूमिका प्रस्ताव गरिन्थ्यो । तर, मलाई हरेक पटक त्यस्तो भूमिका गर्नु थिएन । त्यसैले म त्यस्ता फिल्म अस्वीकृत गरिदिन्थें । त्यतिबेला फिल्म उद्योग नै असमञ्जसमा थियो— मलाई गर्नु त के गर्नु ! उनीहरूले मलाई न हिरो ठान्थे, न गतिलो भिलेन नै । पूरै उद्योगलाई लाग्थ्यो कि म कुनै आकर्षक हिरोका फिल्ममा भिलेन ठीक छु । यही कारण मैले कुनै पनि भिलेनवाला फिल्ममा काम गरिनँ । यसबाट मलाई आर्थिक रूपमा धेरै नोक्सान भयो । म कस्तो फिल्ममा काम गर्छु भनेर म शुरुदेखि अकाट्य निर्णयमा अडिग थिएँ । यसबीचमा केही राम्रा फिल्म पनि आए, मैले काम गर्दै गएँ । राम्रा फिल्म कहिले दुई वर्षमा एकपटक बन्थे, कहिले वर्षमा ।

सन् १९९८ मा ‘सत्या’पछि मेरो दोस्रो फिल्म ‘कौन’ आयो— १९९९ मा । त्यही वर्ष ‘शूल’ पनि आयो । यी दुवै फिल्म ‘सत्या’ र ‘कौन’ रामगोपाल बर्माका थिए । मलाई आफ्नो तरिकाका फिल्मबाट निर्देशक, कलाकार र दर्शकको मन जित्नु थियो । त्यसैले फरक–फरक शैलीका ‘दिल पे मत ले यार’, ‘रोड’, ‘शूल’, ‘अक्स’, ‘जुबैदा’मा काम गरें । ‘जुबैदा’ त्यस्तो फिल्म थियो, जसमा काम गर्न थुप्रै हिरोले अस्वीकार गरेका थिए । म पनि फिल्मको पहिलो रोजाइ थिइनँ । मलाई आज पनि अचम्म लाग्छ— मलाई त्यसमा किन लिइयो होला ! त्यतिबेला ‘जुबैदा’का समीक्षामा भनियो पनि, “मनोज बाजपेयीले राम्रो अभिनय त गरेका छन् तर राजकुमार जस्ता नै लाग्दैनन् ।” यी कुरामा विरोधाभाष थियो । किनभने, त्यतिबेला मलाई कोही पनि हिरो मान्न तयार थिनन् । ‘राजकुमार जस्ता नै लाग्दैनन्’ भनिनुको अर्थ के हो भने आकर्षक शरीर भएका कलाकारमात्रै राजकुमार बन्न सक्छन् । चाहे त्यो आकर्षक पुरुषलाई अभिनय गर्न आओस् या नआओस् ।

बजारमा मेरो हैसियत शून्यबराबर थियो । मेरा फिल्म चल्दैनथे । त्यही भएर काम पाउन पनि बन्द जस्तै भयो । यिनै तमाम संघर्षको बज्र सहँदै गर्दा २००३ मा ‘पिंजर’ र २००७ मा ‘१९७१’ आए । यी पनि सफल भएनन् । त्यसपछि म पातालमुनि भासिएजस्तो भएँ । कामै नपाउँदा बिरामी भएँ । 

‘राजनीति’ले उठायो

तर, बादलमा चाँदीको घेरा बनेर आयो— प्रकाश झाको ‘राजनीति’ । यसले मेरो फिल्मी करिअरलाई अर्कै बिन्दुमा पुर्‍यायो । यो फिल्मका पाँच भूमिका थिए, तीमध्ये मलाई दुइटा भूमिकाको विकल्प दिएर एउटा छनोट गर्न भनियो । मैले जुन भूमिका छानें, त्यसले मेरो भाग्य खोलिदियो । 

बलिउडमा पक्षपात

म आकर्षक थिइनँ त्यसैले कतिपटक मलाई कुनै फिल्ममा अनुबन्ध त गरियो तर पछि मलाई थाहै नदिई मेरो ठाउँमा अरुलाई अनुबन्ध गरियो । मलाई त्यसरी थुप्रैपटक फिल्मबाट बाहिर निकालियो । मलाई यसले खासै दुःख पुर्‍याउँदैन । जब हामी लामो संघर्ष गर्ने बिन्दुबाट अगाडि बढ्छौं, त्यतिबेला यस्ता अप्ठ्याराले अर्थ राख्दैनन् ।

यस्ता थुप्रै फिल्म थिए, जसमा दुईजना हिरोको भूमिका हुन्थ्यो । तर, तिनमा म अनुबन्ध भएँ कि अर्का कलाकारले फिल्म खेल्न अस्वीकार गरिहाल्थ्यो । एउटा त्यस्तो समय पनि आयो, जतिबेला मैले ७ वटा फिल्ममा काम गर्न सम्झौता हस्ताक्षर गरें । सबैबाट पेश्की पनि लिएँ । तर, म भएकै कारण ती कुनै पनि फिल्मका हिरोले काम गर्न मानेनन् । कतिपटक त मैले निर्देशकलाई भन्थें पनि, “पहिले आफ्नो रोल छनोट गर्न अरु कलाकारलाई भन्नुस् । उनीहरूले छाडेका भूमिका म गरूँला ।” तर, कसैले मेरो कुरा सुनेनन् । तीन–चार वर्षपछि सबैले मबाट पेश्की फिर्ता मागे । मेरो संघर्ष कम थिएन त्यतिबेला । शायद हामीजस्ता अनाकर्षक कलाकारलाई यस्तो संघर्ष गर्नैपर्छ । अहिले भने समय फेरिएको छ । हिन्दी फिल्म उद्योगमा सबैलाई मौका प्राप्त हुन थालेको छ । अहिलेको संघर्ष भनेको पुस्तैनी फिल्मी परिवार र बाहिरबाट आएका कलाकारबीचको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement