site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशमा विद्यार्थीहरुको शान्तिपूर्ण प्रदर्शनमा सरकारको भूमिका आलोचित 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । एक हप्ता अघिको एक भयानक सडक दुर्घटनाले पछिल्लो समय बंगलादेशको राजधानीमा अध्ययनरत् सबै विद्यार्थीहरुलाई सडकमा ल्याएको हो । सरकारी पक्षले सडकमा सर्वसाधारणको सुरक्षा सम्बन्धि कडा नियम लागू गर्नुपर्ने माग राख्दै हजारौँ विद्यार्थीहरु सडकमा उत्रिएका थिए । उनीहरुले राजधानी ढाकाका विभिन्न स्थानमा प्रदर्शन गरि थुप्रै दिनसम्म व्यस्त सडक अवरुद्ध गराइ विरोध जनाएका हुन् ।

असिमित गतिमा आइरहेको एक निजी बसले विद्यार्थीको समूहमाथि ठक्कर दिएपछि जुलाई २९ मा दुईजनाको मृत्यु भएको थियो भने ठक्करबाट अन्य थुप्रै्र विद्यार्थी घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । यसै घटनापछि सुरु भएको प्रदर्शनले गम्भीर रुप लिँदै जाँदा सरकारले प्रदर्शनकारीहरुलाई बलपूर्वक हटाउने प्रयासमा पक्राउ गर्ने चेतावनी समेत दिएको थियो । यति मात्र नभएर शनिबार १०० जना पुलिसको प्रहारकै कारण घाइते समेत भएको खबर बाहिर आएको हो । तरपनि हजारौँका सङ्ख्यामा सहभागी भएका विद्यार्थीहरुले स्कुल युनिफर्ममै विरोध र्याली निकालेका हुन् । उनीहरुले आपत्कालिन् सवारी बाहेक अन्य  कसैलाई पनि अघि बढ्न नदिएर सडक अवरुद्ध गराएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घटनाले ठूलो रुप लिन थालेपछि यसबारे विश्वभर चर्चा सुरु भएको हो र अन्तराष्ट्रिय समुदायले पनि विद्यार्थीहरुको माग जायज भएको भन्दै यस कदमको खुलेर प्रशंसा गरिरहेका छन् । तर उता बांग्लादेशको सरकारले भने शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएर चारैतिरबाट आलोचित हुनु परिरहेको संचार माध्यम सिएनएनले जनाएको छ । संयुक्त राष्ट्र  संघले समेत यस घटनामा विद्यार्थीहरुसँग सहमति जनाउँदै उनीहरुको माग उचित भएको ठहर गरि सरकारलाई यसको उपयुक्त समाधान खोज्न आग्रह गरेको हो । बांग्लादेशमा हरेक वर्ष सडक दुर्घटनामा मात्र १२ हजार भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।

तर विद्यार्थीहरुको यस्तो कदमपछि भने अहिले सरकारी अधिकारीहरुले समेत सवारी लाइसेन्स बोकेर मात्र हिँड्ने गरेको पाइएको छ । विद्यार्थीहरुको यस्तो अभियानले पहिलोपटक ढाकाको सडक व्यवस्थित देखिएको र प्रभावकारी ढङ्गले सवारी चलाइएको सर्वसाधारणको प्रतिक्रिया छ । 

Royal Enfield Island Ad

तर सरकारले भने अन्तर्राष्ट्रिय समर्थनलाई बन्द गराउन इन्टरनेट सेवा समेत केही समय बन्द गराएको थियो । त्यस्तै पुलिसले अन्तर्राष्ट्रिय संचार माध्यम अलजजिरालाई यस विषयमा अन्तर्वार्ता दिने व्यक्तिलाई पनि पक्राउ गरेको थियो । 

यसबारेमा प्रधानमन्त्री शेख हसिनाले भने चुनाव अघि आफ्ना विपक्षीहरुले प्रदर्शनमार्फत हिंसा मच्चाउन खोजेको आरोप लगाउँदै मुद्दाबाट टाढा रहँदै छन् । तरपनि सोमबार बांग्लादेशको क्याबिनेटले नयाँ सडक सुरक्षा नीति लागू गर्नेमा विद्यार्थीहरुसँग सहमति जनाइ विरोध कार्यक्रम अन्त्य गराएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro