site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

लस एन्जेलस । क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो निकै द्रुत गतिमा फैलिएकाले क्यालिफोर्निया सरकारले उक्त राज्यका दुईवटा जिल्लामा आपतकालीन अवस्थाको घोषणा गरेको छ । 

दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति द्रुत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउनले सो घोषणा गरेका छन्। 

Agni Group
NIC Asia

जंगलको आगो बस्तीमा पनि प्रवेश गरेको र यसले कैयौँ घर र संरचना ध्वस्त बनाएको छ । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सर्न आग्रह गरेका छन् ।  

सो क्षेत्रमा अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले पनि आगो फैलिनेक्रम थप द्रुत बनेको आपतकालीन सूचनामा जनाइएको छ । 

Global Ime bank

आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ । यस आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ । त्यहाँबाट २ हजार घरका करिब तीन हजार स्थानीय बासिन्दालाई आ–आफ्नो घर छोड्न आग्रह गरिएको छ । 

आगो फैलिन नदिन उद्धारकर्मीले काम गरिरहेका छन् । तर पनि उच्च तापक्रमका कारण यो काम त्यति प्रभावकारी बन्न सकेको छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu