राजनीति
काठमाडौं । आमरण अनशनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै नेपाली कांग्रेसको भ्रातृ संसगठन तरुण दलले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ । पूर्व घोषित कार्यक्रमअनुसार तरुण दलले धर्ना दिएको हो ।
प्रहरीले प्रशासन कार्यालय गेटमा जान रोकेपनि कार्यकर्ताले जिल्ला अदालत अगाडिको सडकमा धर्ना दिएका छन् । यसका कारण बबरमहल मूल सडकमा सवारी आवतजावत प्रभावित भएको छ ।
तरुण दलले हिजो पनि नयाँ बानेश्वर क्षेत्रमा धर्ना दिएको थियो । हिजो भएकाे प्रहरी दमन तथा सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा अाजको धर्ना कार्यक्रम राखिएको तरूण दलका नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५ १४:०४
प्रतिक्रिया दिनुहोस्