site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा डन आतंक सकिएकै हो त ? के भन्छन् प्रहरी अधिकारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुनै समय गुण्डाहरुले खुलेयाम ग्याङ चलाउँदै आतंक मच्चाइरहने काठमाडौं उपत्यकामा पछिल्लो समय ‘डन आतंक’ सार्वजनिक रुपमा देखिँदैन । महानगरीय अपराध महाशाखाले पछिल्लो एक महिनामा दुई जनालाई गोली प्रहार गर्यो । योबीचमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालले गुण्डागर्दीविरुद्ध काठोर रुपमा प्रस्तुत हुने बताइरहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले गुण्डानाइके गणेश लामालाई हतियारसहित पक्राउ गर्यो । उनी पूर्पक्षका लागि जेलमा छन् । गत वर्ष निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संग्लन डन मनोज पुनको प्रहरी इन्काउन्टरमा ज्यान गएपछि गुण्डागर्दी सुस्ताएको हो कि भन्ने अनुमान धेरैको छ । तर, के साँच्चिकै उपत्यका डन आतंकबाट मुक्त भएकै हो त ? उपत्यकामा कस्ता–कस्ता अपराध बढिरहेका छन् ? बाह्रखरीले प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर र महानगरीय अपराध महाशाखाका प्रमुखसँग जान्ने प्रयास गरेको छ । 

गुण्डागर्दीविरुद्ध कठोर छौं : काठमाडौं प्रहरी
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल आफू काठमाडौंलाई अपराधमुक्त बनाउने अभियानमा लागेको बताउँछन् । आफूले काठमाडौंको कमाण्ड सम्हालेपछि अपराधको मात्रा घटेको उनको दाबी छ । काठमाडौंको सूरक्षा व्यवस्था आफैंमा चूनौतीपूर्ण रहेको बताउँदै उनले प्रहरीको व्यावसायिक कार्यका कारण प्रहरीले सफलता प्राप्त गरिरहेको बताए । गुण्डागर्दीविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“काठमाडौंमा ठूला गुण्डाहरु त छैनन् तर टोले गुण्डागर्दी गर्ने, पकेटमार गर्ने, सामान्य रुपमा थर्काउने केही देखिन्छ । धेरैलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेका छौं ।” लागु औषधको प्रयोग, वैदेशिक रोजगारमा ठगी, यौन व्यावसायलगायत काठमाडौंमा बढी मात्रामा पाइएको उनी बताउँछन् । “गुण्डागर्दीमा संलग्न भएको, सताएको, आतंक मच्चाएको सूचना भए गोप्य रुपमा प्रहरीलाई दिन नागरिकलाई आग्रह गरेका छौं, तर त्यस्तो सूचना आएको छैन । काठमाडौं शान्त छ ।”

गुण्डासँग प्रहरी झुक्दैन : अपराध महाशाखा
महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंह गुण्डागर्दीसँग प्रहरी कहिँ कतै नझुक्ने बताउँछन् । “हामीले गुण्डाविरुद्ध विशेष अभियान बनाएका छौं, तपाईंहरुले देखिरहनु भएको छ नतिजा,” एसएसपी सिंहले भने । नागरिकलाई आतंकित पार्ने, मानवअधिकार हनन गर्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने कसैलाई नछाड्ने एसएसपी सिंह बताउँछन् ।

Global Ime bank

टोले गुण्डाहरु सक्रिय रहेको र उनीहरुले विभिन्न क्षेत्रमा आतंक मच्चाइरहेको सिंहको अनुभव छ । वैध हतियारको अनुमति लिएर अवैध क्रियाकलाप गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्न हतियार बरामद गर्ने कार्य अगाडि बढाएको उनले जानकारी दिए । पछिल्लो समय उपत्यकामा साइबर अपराध, वैदेशिक रोजगारीमा ठगीलगायतका कार्य बढेको उनी बताउँछन् । 

ललितपुर शान्त छ : परिसर लतिलपुर
प्रहरी परिसर ललितपुरका एसएसपी गणेश ऐर अपराधको दृष्टिकोणले ललितपुर शान्त जिल्ला रहेको दाबी गर्छन् । प्रहरीको विषेश सक्रियताले अपराध न्यून भएको उनको तर्क छ । ‘‘गुण्डागर्दी त छैन भन्दा नै हुन्छ, पकेटमार र टोले गुण्डाको सूचना पनि छैन । तर, प्रहरी शान्ति सुरक्षाका लागि तयार छ, अपराधीले टाउको उठाउने ठाउँ छैन ।’’ एसएसपी ऐरले भने । 

सबै प्रकारको सुरक्षा रणनीति बनाएका छौं : भक्तपुर परिसर
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठ अपराध र अपराधीलाई कानुनको दायरामा ल्याउन प्रहरीले आवश्यक रणनीति बनाएको बताउँछन् । भक्तपुरमा लागु औषध प्रयोग, ट्राफिक जाम, गुण्डागर्दी, अवैध मदिरा आदि मुख्य समस्याको रुपमा रहेको र त्यसको न्यूनीकरणमा प्रहरी लागेको उनको भनाइ छ ।

“केही समयपहिले भक्तपुरमा बालुवाखानी, क्रसरमा गुण्डागर्दी छ भन्ने सुनेको थिएँ, म आएपछि यो सबै रोकिएको छ,” एसपी श्रेष्ठले भने । श्रेष्ठका अनुसार भक्तपुरमा दुर्घटना न्यूनीकरण गर्न साँगादेखि मनहरासम्म २२ स्थानमा अतिरिक्त चेकिङ गर्न थालिएको छ । गुण्डागर्दीमा संग्लनलाई पहिलो चरणमा सुध्रिन चेतावनी दिएको र नमान्नेविरुद्ध प्रहरी एक्सनमा उत्रिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय