site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
फ्रान्सलाई मेस्सीको डर, पोग्वा, ग्रिज्मयान र बाप्प मेस्सीका बाधक 
SkywellSkywell

एजेन्सी । जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको कजान एरिनामा खेल नेपाली समय अनुसार सांझ ७ः४५ मिनेटमा हुनेछ । 

समूह चरणका खेलमासमूह सि बाट समूह विजेता बन्दै फ्रान्स र समूह डि को उपविजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा भेट भएका हुन् । ठूला टिमहरुको नकआउट चरणमा हुन लागेको यो भेटले विश्वकपलाई अझै रोचक बनाएको छ । फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भैरहँदा यो रंगशालामा बसेर ४५ हजार दर्शकले खेल प्रत्यक्ष हेर्नेछन् ।  

फ्रान्स र अर्जेन्टिनाबीच जो पराजित भयो त्यो विश्वकपबाट बाहिरिने छ । फ्रान्सका खेलाडीले यसअघि नै भनिसकेका छन्–“मेस्सी बार्सिलोनाका मेस्सी जस्तो बलियो छैनन् । मेस्सीलाई उनको टिमका साथिले बार्सीलोनामा पाउने सहयोग नहुने भनेका छन् ।” मेसीका बारे यस्तो अभिब्यक्ति दिनु भनेको उनको खेल कौशलको भय हुनु हो । यसले फ्रान्सका खेलाडीमा मेस्सीको भय प्रष्ट देखिन्छ । मेस्सी जस्तो सुकै समयमा पनि आफ्नो टिमका लागि उत्कृष्ट गोल गर्दै जित दिलाउने हैसियत राख्ने फुटबलर हुन् । 

Dabur Nepal
NIC Asia

त्यसो त मेस्सी आफैपनि मैदानमा निकै मेहेनती खेलाडी हुन् । फ्रान्सका लागि पाउल पोग्वा, एन्टोइनी ग्रिज्मयान र किलियन बाप्पे अर्जेन्टिना विरुद्धको खेलमा पहिलो रोजाइका खेलाडी हुन् । त्यसैगरी, अर्जेन्टिनाका लागि लियोनल मेस्सी, एन्जल दि मारिया, सर्जियो अग्युरो, जाभिएर मासिरानो फ्रान्स विरुद्धको खेलमा पहिलो रोजाइका खेलाडी हुन् ।

हेड टु हेड
अहिलेसम्म अर्जेन्टिना र फ्रान्सको भेट ११ पटक भएको छ । अहिलेसम्म भएका ११ खेलमध्ये ६ खेल अर्जेन्टिनाले जितेको छ भने फ्रान्सले २ खेल जितेको छ । त्यस्तै, ३ खेल अर्जेन्टिना र फ्रान्सले बराबरी खेलेका छन् । यि दुई टिम सन् २००९ पछि पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् ।

फ्रान्सको भय मेस्सी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रसिया विश्वकपमा सुरु देखि नै चर्चामा रहे । उनले विश्वकपमा पहिलो खेलमा डेब्यु टिम आइसल्यान्ड विरुद्ध अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सी चुकेपछि उनको सर्वत्र आलोचना भएको थियो । आयसल्यान्डसँगको खेल बराबरीमा रोकिएको थियो । मेस्सीको सुरुका दुई खेलमा कमजोर प्रदर्शनपछि समूह चरणको अन्तिम खेलमा उनले टिममा चामत्कारिक सुधार गरेका थिए ।

समूह चरणको दोस्रो खेलमा क्र्रोसियासँग ३—० गोलले पराजित भएपछि अर्जेन्टिनाका लागि नकआउट चरण प्रवेशका लागि निकैै कठिन भएको थियो । मेस्सीले आफ्नो टिमलाई अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेश गराए । 

अर्जेन्टिनाले फ्रान्ससँगको खेलमा मेस्सीसँगै, एन्जल दि मारिया, सर्जियो अग्युरो, जाभिएर मासिरानोले साथ दिनेछन् ।

समूह चरणको पहिलो आइसल्यान्ड विरुद्धको खेलमा सर्जियो अग्युरोले गोल गरेका थिए । दोस्रो खेलमा क्रोएसियासँग अर्जेन्टिनाले अप्रत्यासित हार व्यहोनुपर्यो ।
तर, समूह चरणको अन्तिम खेल गर या मरको अवस्थामा पनि मेस्सीको नेतृत्व अब्बल देखियो । अन्तिम खेलमा नाइजेरियालाई २—० गोल अन्तरले पराजित गर्दै प्रि—क्वाटरफाइनल पुग्यो ।

अर्जेन्टिनाको चुनौती ग्रिज्मयान, पोग्वा र बाम्पे
फ्रान्सका लागि पहिलो रोजाइका खेलाडी हुन् एन्टोइनी ग्रिज्मयान, पाउल पोग्वा र किलियन बाम्पेरहेका छन् । यि खेलाडीले अर्जेन्टिना विरुद्धको खेलमा मुख्य भूमिका निभाउने छन् । मेस्सीलाई रोक्दै फ्रान्सको जित निकाल्ने रणनीतिलाई यि खेलाडी पूरा गर्ने प्रयासमा मैदान छिर्नेछन् ।

समूह चरणको पहिलो खेलमा एन्टोइनी ग्रिज्मयानले पहिलो गोल गर्दै अष्टे«लियामाथि अग्रता कायम गरेका थिए । जुन खेलमा फ्रान्सले अष्ट्रेलियालाई २—१ गोलले पराजित गरेको थियो । समूह चरणको दोस्रो खेलमा पनि ग्रिज्म्यानले उत्कृष्ट प्रदर्शन गरेपनि गोल भने भएन । तर, दोस्रो खेलमा फ्रान्सका किलियन बाम्पेले उत्कृष्ट गोल गर्दै पेरु विरुद्ध जित निकालेको थियो ।

समूह चरणको अन्तिम खेलमा फ्रान्सले डेनमार्क विरुद्ध बराबरी खेलेको थियो । समूह चरणका खेलमा सन्तुलित खेलेको फ्रान्स अर्जेन्टिना विरुद्ध आक्रामक देखिने छ । समूह चरणका खेल हुँदैगर्दा यि दुई टिमलाई विश्वकप ट्रफीका दाबेदारका रुपमा हेरिएका थिए । तर, यि दुई टिम मध्ये एक नकआउट चरणबाटै बाहिरिने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro