खेल
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एच को विजेता बन्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह एच को अन्तिम खेलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै कोलम्बिया समूह विजेता बनेको हो ।
३ खेलमध्ये दुई खेलमा जित र १ खेलमा हार ब्यहोर्दै कोलम्बिया ६ अंकको साथमा समूहको शीर्ष स्थानमा रहेको हो ।
खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । अन्ततः उनकै निर्णायक गोलमा कोलम्बियाले जित निकालेको हो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।
कोलम्बियाले आफ्नो पहिलो खेलमा जापानसँग २—१ गोलले पराजय भोगेको थियो । दोस्रो खेलमा भने पोल्यान्डलाई ३—० गोलले पराजित गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०७५ २१:३७
प्रतिक्रिया दिनुहोस्