१८ औ एसियाली खेलकुदका लागि २० सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसियाली खेलुकदका लागि २० सदस्यीय खेलाडीको टुंगो लगाएको हो ।
नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भने ग्योटुकी कोजीले सम्हाल्ने छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी भने बालगोपाल महर्जनले पाएका छन् । एसियाली खेलकुदका लागि ५२ जना खेलाडीलाई एन्फाले छनोट गरेको थियो । एन्फाले ५२ जना खेलाडीदेखि ४५ जनालाई छनोट गरेर बन्द प्रशिक्षणमार्फत अन्तिम २० खेलाडीको टुंगो लगाएको हो ।
छनोट भएका खेलाडी
गोलकिपर – किरणकुमार लिम्बु, ऐलेन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर – गौरव बुढाथोकी, छिरिङ गुरुङ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी
मिडफिल्डर – रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, तेज तामाङ, अभिषेक रिजाल
फरवार्ड – भरत खवास, सुमन लामा, विमल घर्तिमगर, सुनिल बल