site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा रहेका बाजेको सेकुवाका ६ वटा शाखामा शिलबन्दी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या अभियोगका फरार अभियुक्त चेतनाथ भण्डारीले काठमाडौंमा सञ्चालन गरेको बाजेका सेकुवाका ६ वटा शाखामा शिलबन्दी गरिएको छ । गृह सह सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन टोलीले बुधबार ६ वटै शाखामा शिलबन्दी गरेको हो । समितिले ग्राहकलाई बाहिर निकालेर सेकुवा पसलमा शिलबन्दी गरेको थियो ।

भण्डारीमाथि हत्या, अपरहण, शरीर बन्धक, तस्करी लगायतका विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको र अदालतकै आदेशअनुसार सेकुवा पसलहरुमा शिलबन्दी गरिएको अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताए । छापा मारेर कुनै सामान बरामद भने गरिएको छैन । 

अनुसन्धान टोलीका अनुसार बाजेको सेकुवाका देशभर १३ वटा शाखा छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको टोलीका एक सदस्यले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बाँकी ७ वटा भने बाजेको सेकुवा ब्रान्डमा अरुले नै चलाएका हुन् । भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका शाखा शिलबन्दी गरिएको र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलले जानकारी दिए । शिलबन्दी गरिएका सेकुवा पसल अदालतको आदेशपछि मात्रै के गर्ने भन्नेबारे निर्णय हुनेछ । भण्डारी हाल फरार सूचीमा छन् । 

अनुसन्धान टोलीले भण्डारी अमेरिकामा बसेको हुनसक्ने आशंका गरेको छ ।  तर भण्डारी अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । 

Global Ime bank

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा तानिएका भण्डारीको सबै सम्पत्ति यसअघि नै रोक्का भइसकेको छ । अनुसन्धान टोलीले भण्डारीले पनि सुन तस्करीमा लगानी गर्ने र गोरेले भण्डारीको नाममा विभिन्न सम्पत्तिमा लगानी गरेको निष्कर्ष निकालेको समितिका एक सदस्यले बताए ।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करको गिरोहमा भण्डारीको पनि संग्लनताको प्रमाण भेटिएको टोलीको जनाएको थियो । भण्डारी चुणामणि उप्रेती ‘गोरे’ का नातामा भान्जा पर्छन । 

अनुसन्धान टोलीले विमानस्थलमा सेटिङ मिलाएर सुन तस्करी गोरे, भण्डारी लगायतको समूहले सुन तस्करी गर्दै आएको दाबी गर्दै आएको छ  । 
\"\"

\"\"

\"\"

\"\"

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय