काठमाडौं । चितवनको नारायणगढमा ‘मेगा म्युजिक इभिनिङ’ (ओल्ड इज गोल्ड) हुने भएको छ । चेपाङ समूदायको स्वास्थ्य र शिक्षाको लागि सहयोग रकम जुटाउन उक्त कार्यक्रम गर्न लागिएको आयोजक रोटरी क्लब अफ नारायायणघाटले जनाएको छ ।
असार २ गते हुने कार्यक्रममा नेपाली पप संगीतका सदाबहार गीतहरू गुञ्जिने छन् । सेन्ट्रल पाल्म होटल, नारायनघाटमा हुने कार्यक्रममा हरिश माथेमा, बबिन प्रधान, संजय श्रेष्ठ, भिम तुलाधर, जेम्स प्रधान, सचिन रौनियार, ज्योति घिमिरे, कबिन्द्र श्रेष्ठ (स्काई ब्यान्ड), पुन्यम प्रधान, रबिन महर्जन, बिश्व प्रधान, उदेश श्रेष्ठ र ‘क्रस रोड’ ब्यान्डले गीत प्रस्तुत गर्नेछन् ।
चेपाङ समूदायको स्वास्थ्य र शिक्षाका लागि कार्यक्रम आयोजना गरिएकाले उक्त सांगीतिक कार्यक्रममा सहिभागी हुन आयोजकले आग्रह गरेको छ ।