site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

म्याग्दी । मालिका गाउँपालिका–५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थालेका हुन् ।  

जंगलमा खेरगइरहेको अर्गेलीको लोत्ताको सदुपयोग, रोजगारी सिर्जना र स्थानीयवासीको आयआर्जन वृद्धिका लागि उद्योग सञ्चालन गरेको २७ वर्षीय उद्यमी पुनले बताए ।  

वैदेशिक रोजगारीको विकल्पमा गाउँमै उद्यम, व्यवसाय गरेर स्वरोजगार बन्ने लक्ष्यसहित उद्योग सञ्चालन गरेको उनले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

रु पाँच लाख लगानी गरी दर्ता प्रक्रियामा रहेको सो उद्योगमा चार जनाले नियमित रुपमा रोजगारी पाएका छन् । जंगलमा लोत्ता संकलन, ढुवानी र प्रशोधनको काममा थप दशजना आवद्ध छन् । 

उद्योग सञ्चालन भएपछि देवीस्थान, रुम, ओखरबोट, बिम, निस्कोट, ताकम, मुना, गुर्जा, मराको जंगलमा वर्षांैदेखि खेरगइरहेको लोत्ताको सदुपयोग भएको छ । 

Global Ime bank

लोत्ता बेचेर समुदायले आम्दानी गर्ने अवसर पाएका छन् । स्थानीयवासीले जंगलमा संकलन गर्ने लोत्ता खरिद गरिदिने सञ्चालक पुनले बताए ।  

यही जेठ महिनादेखि सञ्चालन भएको उद्योगबाट दैनिक एकदेखि तीन कोरी नेपाली कागज उत्पादनहुन्छ । तौल अनुसार प्रतिकोरी कागजको हालको बजार मूल्य रु आठ सयदेखि छ हजारसम्म पर्छ । सरकारी प्रशासनिक काममा प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुक, ल्याम्प सेट लगायतका सामग्री समेत बनाउन सकिन्छ । 

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले लघु उद्यम विकास रणनीतिअनुसार कागज, अल्लो पुवा जस्ता स्थानीय स्रोत साधनमा आधारित उद्यमलाई प्रर्वद्धन गरिने बताए । 

सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण जस्ता कार्यक्रम रहेका उपाध्यक्ष बिटालुले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC