site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटको वर्चस्व
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली खेलकुदलाई २०७४ सालमा योगदान पुर्याएका विभिन्न खेलाडी तथा प्रशिक्षकलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डबाट सम्मान गरिएको छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको ८ विधा मध्ये ४ विधामा क्रिकेटले अवार्ड जितेको छ । 

वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले जितेका छन् । विजेता पारसले क्रिकेटकै सन्दीप लामिछाने, गल्फका टंकबहादुर कार्की, जुडोका इन्द्रबहादुर श्रेष्ठ र ब्याडमिन्टनका दिपेश धामीलाई पछि पार्दै वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितिन् । विजेता बनेकी शोभाले बक्सिङकी बिमला श्रेष्ठ, फुटबलकी साबित्रा भण्डारी, आर्चरीकी ज्ञानु अवाले र टेबलटेनिसकी नबिता श्रेष्ठलाई उछिन्दै वर्ष उत्कृष्ट महिला अवार्ड चुमिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न ८ विधामा वितरण गरेको अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड भने टेबल टेनिसका स्यान्टु श्रेष्ठले जिते । भोटिङको आधारमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, फुटबलका किरण चेम्जोङ र गल्फकी प्रतिमा शेर्पालाई पछि पार्दै स्यान्टुले पिपुल्स च्वाइस अवार्ड जितेका हुन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड भने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले जिते । उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगरलाई पछि पार्दै अवार्ड जितेका हुन् ।   

Global Ime bank

अवार्ड विजेता पारस खड्का, शोभा गौचन, स्यान्टु श्रेष्ठ र जगत टमाटाले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड भने चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेले जिते । उनले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै वर्ष उत्कृष्ट अवार्ड जितेका हुन् ।

लाइफटाइम एचिभमेन्ट अवार्ड भने पूर्व फुटबल खेलाडी अशोक केसीलाई प्रदान गरिएको छ । नेपाली फुटबलमा अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । त्यस्तै, स्पेशल अवार्ड करण केसीले प्राप्त गरे । नामिवियामा सम्पन्न आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा क्यानाडाविरुद्ध अविजित ४२ रन बनाएर नेपाललाई विश्वकप छनोटमा पुर्याएकाले उनलाई यो अवार्ड दिइएको हो । त्यस्तै, पारा एथलिट अवार्ड बास्केटबल तथा क्रिकेट खेलाडी हिमाल अर्यालले पाए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC