site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असुरक्षित बन्दै वैदेशिक रोजगारी, सबैभन्दा बढी मृत्यु मलेसियामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारी कसैका लागि अवसर बन्छ त कसैका लागि अभिशाप । दैनिक झण्डै एक हजार नेपाली युवा रोजगारीको अवसर खोज्दै बिदेसिइरहेका छन् । 

पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारी असुरक्षित बन्दै गएको देखिएको छ । वैदेशिक रोजगार प्रवर्धन बोर्डको तथ्यांक हेर्ने हो भने पछिल्ला १० वर्षमा वैदेशिक रोजगारमा गएका ५ हजार ५ सय ६५ नेपालीले ज्यान गुमाएका छन् ।

कतिपय विदेशी भूमिमै बेपत्ता छन् । यो संख्या नेपाली बाटो भएर वैधानिक रुपमा विदेश जाने नेपालीहरुको मात्रै हो । अवैध रुपमा भारतीय बाटो हुँदै तेस्रो मुलुक जाने कामदारको तथ्यांक सरकारसँग छैन । आर्थिक वर्ष ०७४–०७५ को चैतसम्ममा मात्र वैदेशिक रोजगारीमा गएका ६ सय ७९ जनाले ज्यान गुमाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कहिले कतिले ज्यान गुमाए ?

आर्थिक वर्ष ०६५–०६६ मा ३ महिला र ७४ पुरुष गरी ७७ जनाले ज्यान गुमाए । यस्तै ०६६–०६७ मा १९ महिला र ४ सय पुरुष गरी ४ सय १९ जना, ०६७–०६८ मा ८ महिला र ५ सय ५८ पुरुष गरी ५६६ जना, ०६८–०६९ मा १४ महिला र ६ सय ३४ पुरुष गरी ६ सय ४८ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

Global Ime bank

यस्तै ०६९–०७० मा ११ महिला र ७ सय ११ पुरुष, ०७०–७१ मा २४ महिला र ८ सय ५३ पुरुष, ०७१–०७२ मा ६ महिला र एक हजार पुरुषले ज्यान गुमाए । 

०७२–०७३ मा २४ महिला र ७ सय ९१ पुरुष, ०७३–०७४ मा १८ महिला र ७३८ पुरुष र ०७४–०७५ मा हालसम्म १५ महिला र ६ सय ६४ पुरुषले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तथ्यांक छ । 

मलेसियामा सबैभन्दा बढी

आर्थिक वर्ष ०७१–०७२ मा कार्डिक एरेस्टबाट २ सय ६८ जनाले ज्यान गुमाए भने अन्य कारणले ५४ जनाको ज्यान गयो । १ सय १३ दे आत्महत्या गरेको तथ्यांक छ । कार्यस्थलमा दुर्घटनामा १ सय १३, प्राकृतिक कारणले २ सय ४७, सडक दुर्घटनामा १ सय २१ र हदृयघातबाट ९० जनाले ज्यान गुमाए । 

त्यो वर्ष सबैभन्दा बढी मलेसियामा ४ सय २४, साउदी अरेबीयामा २ सय ७५, कतारमा १ सय ८१, कुवेतमा ३३ र यूएईमा ५९ जनाले ज्यान गुमाएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ०७२–०७३ मा कार्डिक एरेस्टबाट १ सय ४८ जनाले ज्यान गुमाउँदा १ सय ९ जनाले आत्महत्या गरे । कार्यस्थलमा दुर्घटनाबाट ८१, प्राकृतिक कारणले दुई सय ४७ र सडक दुर्घटनामा १ सय ३ जनाको ज्यान गएको छ । ३ जनाको हत्या भएको छ भने हृयदघातबाट ९५ जनाको ज्यान गएको छ । 

०७३–०७४ मा कार्डिक एरेस्टबाट ६४, अन्य कारणले ८०, आत्महत्याबाट ९०, कार्यस्थलमा दुर्घटनाबाट ६१, कारण नखुलेको १८, प्राकृतिक कारणले २ सय ५२ को ज्यान गएको तथ्यांक छ । एकजनाको हत्या भयो भने हृदयघातबाट ६४ जनाले ज्यान गुमाए । 

चालु अार्थिक वर्ष ०७४–०७५ को चैतसम्मको तथ्यांक हेर्दा पनि सबैभन्दा बढी मलेसियामा २ सय ३३ नेपालीले ज्यान गुमाएका छन् भने कतारमा १ सय ४, साउदी अरेबियामा १ सय ७३, कुवेतमा १७, दक्षिण कोरियामा २० जना नेपालीले ज्यान गुमाएका छन् । यो वर्ष १ सय १३ जनाले आत्महत्या गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । 

वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिई नेपालमा बिदामा आउँदा मृत्यु हुनेको तथ्यांकसमेत बोर्डले राख्ने गरेको बोर्डकी सूचना अधिकारी पवित्रा घिमिरेले बताइन् । वैदेशिक रोजगारीमा जाँदा कामको बारेमा पर्याप्त ज्ञान नहुने, कानुनको ज्ञान नहुने आदि कारण मृत्यु हुनेको संख्या बढेको बताइन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय