site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेरो प्राथमिकता नेपाल र नेपाली क्रिकेट : सन्दीप लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो प्राथमिकता नेपाल र नेपाली क्रिकेट भएको बताएका छन् । दिल्ली डेयरडेभिल्सले गरेको फेसबुक लाइभमा आफ्नो फ्यानहरूसँग बोल्दै सन्दीपले आफू जहिले पनि नेपाल र नेपालीका लागि खेल्ने गरेको बताएका हुन् ।

सन्दीपले धेरै कुराको अनुभव लिइरहेको फेसबुक लाइभमा भनेका छन् । उनले भने, “मेरो प्राथमिकता भनेको नेपाली क्रिकेट टिम हो । नेपालको गेम हुँदा पहिलो प्राथमिकता भनेको नेशन नै हुन्छ । सबैभन्दा माथि नेपाल नै राख्छु । नेपाली क्रिकेटका लागि आगामी दिनमा राम्रो गर्ने कोसिस गर्नेछु ।”

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीपले अगाडि भने, “हामी सबैले कडा प्ररिश्रम गरेका छौं । डिल्ली डेयरडेभिल्सका सबै सदस्यलाई धन्यवाद भन्न चाहन्छु मलाई छनोट गरेकोमा । सबै कुराहरू राम्ररी नै अघि बढिरहेको छ तरपनि हामीले खेलहरू हार्यौं । तैपनि यहाँ केही कुराहरू सकारात्मक पनि भएका छन् ।”

फेसबुक फ्यानको प्रश्नको उत्तर दिँदै सन्दीपले नेपाल र भारतको पिचमा फरक रहेको हुँदा आफूलाई घुलमिल हुन समय लागेको पनि बताए । सन्दीपले भने, “भारतको पिच र नेपालको पिचमा अलिकति फरक हँुदो रहेछ । टर्नहरु चाहिँ नेपालको पिचमा धेरै हुन्छ । त्यसले गर्दा यहाँ घुलमिल गर्न अलिक समय लाग्छ ।”

Global Ime bank

ओपनिङ बलिङ गर्न पाउँदा आफू नर्भस नभएको बताउँदै सन्दीपले भारतीय कप्तान विराट कोहलीविरुद्ध बलिङ गर्न पाउँदा राम्रो महशुस भएको बताए । “प्रत्येक बलमा रन बनाइरहेका हुन्छन् भारतका कप्तान विराट कोहली । उनीविरुद्ध बलिङ गर्न पाउँदा राम्रो महसुस भयो । पार्थिव पटेललाई आउट गर्दा अविस्मरणीय रह्यो । यो मेरो लागि गौरवको कुरा हो । ओपनिङ बलिङ गर्दा म नर्भस भएको थिइनँ । कप्तान श्रेयसले मलाई भनेका थिए– कन्फिडेन्ट भएर बलिङ गर । मलाई त्यस्तो नर्भस महसुस नै भएन ।”

सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका थिए । सन्दीपले आफ्नो डेब्यु खेलमा नै अन्य बलरले भन्दा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।

सन्दीप आईपीएल खेल्ने नेपालको पहिलो खेलाडी हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले अक्सनबाट २० लाख भारुमा किनेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC