site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब मदिरा पिउनुअघि तीनपुस्ते खुलाउनुपर्ने ! खाजा पसलसँगै राख्न नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । तपाईँ मदिरा पिउनुहुन्छ ?  यदि पिउनुहुन्छ भने अबको केही समयपछि तपाईँले मदिरा पिउनुअघि आफ्नो तीनपुस्ते उल्लेख गर्नुपर्नेछ । यातायात सिन्डिकेटको अन्त्यपछि गृह मन्त्री रामबहादुर थापा ‘वादल’ को निर्देशनमा गृह मन्त्रालयले मदिरा नियन्त्रण कार्ययोजना र लागुऔषध पूर्णरुपमा नियन्त्रण गर्ने प्रस्ताव तयार गरिरहेको छ । 

यसका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ । मदिरा र लागुऔषधका कारण समाज विखण्डनदेखि अपराध बढेको निष्कर्ष निकाल्दै गृह मन्त्री थापाले पुराना ऐन–कानुनको प्रभावकारी कार्यान्वयन र नयाँ योजना तयार पार्न  गृह अधिकारीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । 

मदिरा पिउने निश्चित स्थान तोकिने
 

Prabhu Bank
Agni Group
NIC Asia

गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।  गृह मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार यो अभियानमा जनताको साथ र समर्थन आवश्यक देखिन्छ । 

सुवेदीले भने, “लागु औषध र मदिराका कारण समाजमा कलहदेखि अपराध बढेका छन् । अझ लागुऔषधले त घर–समाज नै सखाफ भएको छ ।” उनले यसका लागि सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल भइरहेको समेत बताए । 

Global Ime bank

गृहकै एक अधिकारीका अनुसार मदिरा कहाँ–कहाँ र कुन–कुन स्थानमा बेच्ने भनेर निश्चित स्थान तोक्ने योजनासहितको तयारी मन्त्रालयले गरिरहेको छ । एक अधिकारीले भने, “हाम्रो कार्ययोजना लागु भएपछि रक्सी पिउने छुट्टै होटल तोकिन्छ । ती होटलको बोर्डमै यहाँ रक्सी पिउन पाइन्छ भनेर पनि लेखिन्छ ।”

“मदिराजन्य पदार्थ पिउनुअघि आफ्नो परिचयपत्र देखाएर तीनपुस्ते (आफ्नो, बुबाको र बाजे) को नामसम्म उल्लेख गर्नुपर्ने नियम आउन सक्छ,” ती अधिकारीले भने ।  प्रत्येक वडामा एक स्थानमा मात्र मदिरा बिक्री र खाने स्थान तोकिन सक्ने ती अधिकारीको भनाई छ । 

होटलहरुको वर्गीकरण

गृहको नयाँ प्रस्तावमा अब खाजा र रक्सी पिउने होटलको वर्गीकरणको प्रस्ताव पनि गरिएको छ ।

स्थानीय प्रशासनले नै कुन होटलमा रक्सी मात्रै बेच्न पाउने र कहाँ खाजा मात्रै हुने भन्ने अनुमति प्रदान गर्नेछ । यस्तो भएमा निश्चित स्थानमा मात्रै मदिराको बिक्री वितरण हुँदा सुरक्षा संयन्त्रलाई पनि अनुमगन गर्न सहज हुनेछ । हाल नेपालका सबैजसो होटलमा रक्सी पाइने अपराध र गुण्डागर्दी पनि बढेको गृह अधिकारीको निष्कर्ष छ । 

विदेशी रक्सीमा रोक, तारे होटललाई सुविधा

विदेशबाट आउने मदिरा पनि नियन्त्रण गर्ने गृहको योजना छ । यद्यपी तारे होटललाई भने यो सुविधा प्रदान गरिनेछ । तारे होटलमा प्रायः विदेशी पाहुना हुने भएकाले उनीहरुलाई यो छुट हुनेछ । आम नागरिकले सहजरुपमा विदेशबाट आउँदा उपहार भनेर मदिराका बोतल ल्याउन पाउनेछैनन् । ल्याइएको पाइएमा विमानस्थलमै बरामद हुनेछ । 

महिला र विद्यार्थी संगठनसँग छलफल
 

गृह मन्त्री थापाले पछिल्लो एक सातामा यो अभियानलाई सफल पार्न भन्दै अन्तरपार्टी महिला सञ्जाल र विभिन्न दलका विद्यार्थी संगठनका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलमा महिला र विद्यार्थी संगठनका नेताहरुले सरकारको यो अभियानलाई सहयोग गर्ने बताएको प्रेस सल्लाहकार किरण भट्टराईले बताए । गृह मन्त्रीसँगको भेटमा विद्यार्थीहरुले अभियानको घोषणाको दिन पुरै ‘रिङ रोड’ घेर्नेगरी एक लाख विद्यार्थी उतार्ने बचन समेत दिएका थिए । 

काठमाडौंमा घोषणा–प्रत्येक वडामा समिति

अभियान काठमाडौंबाटै सुरु गरिनेछ । अभियान घोषणासभामा विद्यार्थी, युवा, महिला, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, व्यवसायी सबैलाई उपस्थितिका लागि सार्वजनिक आह्वान गरिनेछ । झण्डै एक लाख जनताका बीचबाट अभियानको घोषणा गर्ने तयारी गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।

मदिरा नियन्त्रण र लागुऔषध निषेधका लागि देशभरका सबै वडाहरुमा स्थानीय जनप्रतिनिधि, सुरक्षा संयन्त्र, नागरिक समाज, महिला समुह लगायत सबैको सहभागितामा नियन्त्रण तथा अनुगमन समिति गठन हुनेछ । त्यही समितिले सबै कुराको अनुगमनसँगै गल्ती गर्नेलाई कारवाहीको सिफारिस पनि गर्नेछ ।

मदिरा नियन्त्रण धर्म–संस्कृतिमाथीको प्रहार होइन : गृह प्रवक्ता
 

मदिरा र लागुऔषध नियन्त्रण अभियान कुनै पनि धर्म–संस्कृतिमाथीको प्रहार नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । सुवेदी भन्छन्, “नेपालमा कयौं जातजातीले पुजाआजा गर्दा रक्सीको प्रयोग गर्छन् । यसप्रति हामी सचेत छौं । हामी धर्म र परम्परा विरोधी होइनौं तर धर्मका नाममा अनावश्यक उत्पादन हुनुभएन ।”

यसबारे गृहमन्त्री थापासँग पनि जनजाती सम्वद्ध विभिन्न संघ–संगठनले छलफल गरिरहेका छन् ।

१८ वर्ष मुनीकाले बेच्न र पिउन पाइँदैन मदिरा !

मदिरा बिक्री वितरण नियमन निर्देशिका, २०६५ मा मदिरा बेच्ने समय लगायतका विषय उल्लेख गरिएपनि कार्यान्वयन हुन सकेका छन् । निर्देशिकामा डिपार्टमेन्टल स्टोर्सले मदिराजन्य पदार्थ बिक्री गर्न छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री गर्न पाइने, १८ वर्ष उमेर नपुगेका व्यक्तिले सेवन र किनबेच समेत गर्न नपाउने उल्लेख छ । 
तर निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

तस्बिर गुगलबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement