site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आचार्य श्रीनिवास काठमाडौंबाट पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा 

विराटनगर । भागवत वाचक आचार्य श्रीनिवास पक्राउ परेका छन् । आचार्यले आफैंले आफैँलाई गोली हान्न लगाएको खुलासा भएकोछ ।  चैत २५ गते राति विराटनगरमा उनकै अंगरक्षक माधव चौधरीले उनलाई गोली हानेका थिए ।
आचार्य आफैँले नै गोली हान्न लगाएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै एसपी अरुणकुमार बिसीले श्रीनिवासकै निर्देशनमा गोली हानेको पाइएको जानकारी दिए ।  प्रहरीका अनुसार देश र हिन्दु धर्मको लागी आचार्य श्रीनिवासले आफुलाई हातमा गोली हान्न आदेश दिएका थिए । तर गोली हान्ने माधवले आचार्य श्रीनिवासलाई छातीमा गोली प्रहार गरेको बताइएको छ ।
आचार्य श्रीनिवासको काठमाडौंमा  उपचार भएको थियो । उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरेर विराटनगर लगिएको थियो ।  प्रहरीले आचार्य श्रीनिवाससँगै चौधरी र अधिकारीलाई पनि सार्वजनिक गरेको छ ।
भागवत वाचनको लागि गएका आचार्यमाथि जतुवामा गोली हानिएको थियो ।
धर्मशालामा बास बसेको बेला राति पौने २ बजे मोटरसाइकलमा आएका दुईजनाले गोलीहानेर फरार भएको बताइएको थियो । भागवत पुराण आयोजक समितिकी संयोजक अनिता ढकाल (यादव) ले छानबिनका लागि भन्दै उजुरी दर्ता गराएकी थिइन् ।  बारा जिल्ला सिमरा ३ घर भई सुनसरीको बराह नगरपालिका वडा न ६ स्थित आश्रममा बस्दै आएका २४ बर्षीय आचार्य श्रीनिवासले देशमा हिन्दुराज्य स्थापनाका लागि आफैँलाई गोली हान्न निर्देशन दिएको बताइएको छ ।
केहि समयअघि आफुलाई क्रिश्चियन धर्मावलम्बीहरुले धम्की दिएको भन्दै सुरक्षा माग गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro