site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस पदाधिकारी चयन, उपसभापति निधि, महामन्त्रीमा खड्का

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा बिमलेन्द्र निधि नियुक्त भएका छन् । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले निधिसहित महामन्त्रीमा पूर्णबहादुर खड्का, सह–महामन्त्रीमा डा. प्रकाशशरण महत नियुक्त गरेको हो ।

विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ । 

पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको नाम बैठकले अनुमोदन गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको थियो । 

साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र उक्त दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने आवाज पनि बैठकमा उठेको थियो । 

यस्तो छ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्ति 

वैशाख २१, २०७५


प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा केन्द्रीय कार्यसमितिको बैठक वस्यो । 

आज वसेको केन्द्रीय कार्यसमितिको वैठकमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (घ) तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम १२ (१) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापतिको पदमा श्री विमलेन्द्र निधि, महामन्त्रीको पदमा श्री पूर्णबहादुर खड्का र सह–महामन्त्रीको पदमा डा. प्रकाशशरण महतलाई चयन गर्नका लागि सभापतिले राख्नु भएको प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकबाट पारित भयो ।


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro