site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्व एआइजी जयबहादुर चन्दको मुद्दा खारेज
Siddhartha BankSiddhartha Bank


काठमाडौं । आफूलाई आइजीपी बनाउने सरकारको निर्णय खारेज गर्न सर्वोच्चले दिएको आदेश गैरकानुनी भएको भन्दै पूर्व एआइजी जयबहादुर चन्दले दायर गरेको मुद्दा खारेज भएको छ । 

चन्दले आफुमाथी सर्वोच्चले अन्याय गरेको भन्दै गत भदौंमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बिहीबार रिट खारेज गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चैत २८ गते अनिवार्य अवकाश पाएका जयबहादुर चन्दलाई तत्कालीन सरकारले नेपाल प्रहरीको २५ औं आइजीपी नियुक्त गरेको थियो । चन्दलाई आइजीपी बनाएपछि डीआइजी नवराज सिलवाल पक्षका वकिलले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यही रिटमा तत्कालीन प्रधानन्यायाधिश शुसीला कार्कीले फैसला सुनाउदै चन्दको नियुक्ती बदर गरेको थियो ।

सरकारले चन्दलाई २०७३ फागुन १ गते उनलाई महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि सरकारले कार्यसम्पादन मुल्याङकनका आधार प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय