site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा  

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरिएको छ । कुपण्डोलस्थित छतले भवनबाट आइतबारदेखि सुरक्षित गर्भपतन, परिवार नियोजन सेवा दिन थालिएको हो ।

भवनको भुइँ तलामा हेल्प डेस्क, टिकट काउन्टर, फार्मेसी, ओपीडी, भिडियोे एक्सरे र ल्याब सेवा छन् । पहिलो र दोस्रो तलामा सुरक्षित गर्भपतन र परिवार नियोजन सेवा सञ्चालन गरिएको छ ।

तेस्रो तलामा तालिम हल र सिमुलेसन ल्याब राखिएको छ । चौथो र पाँचौँ तला छात्रावासका निम्ति प्रयोग गरिएको छ । सबैभन्दा माथिल्लो तला किचनका निम्ति छुट्ट्याइएको छ ।

Dabur Nepal
NIC Asia

निःसन्तानपनसम्बन्धी सम्पूर्ण सेवा (आईभीएफ) र नर्सिङ क्याम्पस पनि कुपण्डोलबाटै सञ्चालित छन् ।

prasuti-griha-new2-1719733914.jpg
स्त्रीरोगसम्बन्धी ओपीडी, गर्भवती, प्रसूति र नवजात शिशुबारेको सेवा भने थापाथलीस्थित पुरानै भवनबाट दिइँदै छ ।

४३ करोड ५९ लाख रुपैयाँ लागतमा नयाँ भवन बनाइएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । नयाँ भवनमा एक्सरे, अल्ट्रासाउन्ड मेसिनलगायत उपकरण किन्ने योजना रहेको उनले बताए ।

प्रसूतिसम्बन्धी अभ्यासका निम्ति बनाइएको सिमुलेसन ल्याब सञ्चालनको आर्थिक जिम्मेवारी वान हार्ट नेपालले लिएको छ । सिमुलेसन ल्याबमा  विद्यार्थी तथा स्वास्थ्यकर्मीले प्रसूतिसम्बन्धी सम्पूर्ण प्रक्रियाको ‘प्राक्टिकल’ गर्नेछन् ।

सबैखाले ओपीडीमा अनलाइन टिकटको व्यवस्था गरिएको छ । अस्पतालको वेबसाइटमा गएर तथा आमाको माया एपमार्फत अनलाइन टिकट लिन सकिने डा. अधिकारीले बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट गएको वर्ष एक लाख ६१ हजारजनालाई ओपीडी र २२ हजारलाई प्रसूति सेवा दिइएको तथ्यांक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro