site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकोप्टरमार्फत उद्धार
सांकेतिक तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा परेर घाइते भएका सिरिजंघा गाउँपालिका–६, मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भीर घाइते भएका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी नोबेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शुक्रबार साँझ राहत सामग्री लिएर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो । 

लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गएको जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ । रासस

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्