site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
महर्जन बिजनेसकाे भवन निर्माण रोक्न अन्तरिम आदेश
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । पुरातात्विक मापदण्डविपरीत बनाइएको हनुमान ढोका परिसरको एउटा भवन रोक्न सर्वोच्च अदालतले बुधवार अन्तरिम आदेश जारी गरेको छ । जनहित संरक्षण मञ्चका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतका नाममा दिएको आदेशमा ‘निर्माण कार्य तत्काल रोक्नुपर्ने देखिन आएको‘ भन्दै ‘भवन निर्माण कार्य नगर्नू नगराउनू‘ भन्ने उल्लेख गरिएको छ । 
महर्जन बिजनेस एसोसियटस् प्रा.लि.ले बनाएको भवनले पुरातात्विक महत्त्वका सम्पदाहरूमा क्षति पुगेको भन्दै स्थानीय व्यक्तिहरूले विरोध गर्दैआएका थिए । सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार उक्त प्रालिले बनाएको भवनले कुमारीको मन्दिरमा क्षति पुगेकाले कारबाहीसमेत हुनुपर्ने माग स्थानीयले गरेका छन् । वरिष्ठ अधिवक्ता शर्माका साथै १९, २०, २३, २४ वडाका बासिन्दा तथा ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) लगायत १७ जनाले उक्त भवन निर्माण रोक्का गरिपाऊँ भनी निवेदन गरेका थिए ।
महर्जन बिजनेस एसोसियसट्ले बनाइरहेको भवनको निर्माण रोक्न पत्राचार गरे पनि सम्बन्धित सरकारी निकायले औपचारिकतामात्र पूरा गरेको आरोप पनि स्थानीयले लगाएका छन् । सरकारी निकायहरूकै मिलेमतो भएकाले निर्माण कार्य रोक्नु भनिएको घरमा छिटै खुल्ने ब्यानर टाँस्ने आँट गरिएको उनीहरूको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro