site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग वाणिज्य महासंघ विधान संशोधन– आवश्यकता कि स्वार्थ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । डेढ वर्ष पनि नपुग्दै नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको तयारी सुरु भएको छ । २०७३ मंसिर ४ गते संशोधन गरिएको विधान फेरि संशोधनबारे छलफल सुरु भएको हो ।

साधारणसभाले त्यसका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा समिति बनाउने निर्णय पनि गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष सोझै अध्यक्ष हुन नपाउने, त्यसका लागि पहिलेजस्तै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् आउनुपर्ने, अध्यक्षको कार्यकाल घटाउनुपर्ने लगायतका चर्चा डेढ वर्ष पनि नपुग्दै पुनः सुरु भएको छ ।

२०७३ सालमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था कायम गरिएको थियो । तर, अहिले सोही दफा नै संशोधन गर्ने तयारी गरिएको महासंघका पदाधिकारी बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विधान संशोधनमा संस्थागत तथा नीतिगत सुधार, कार्यकाल अवधि, अध्यक्ष चयनको प्रणाली परिवर्तन एवम् अस्पष्ट विषय तथा अध्यक्ष चयनको वर्तमान व्यवस्था खारेजलगायत विषयमा चर्चासँगै तयारी पनि थालिएको हो ।

तर, यो विषयमा महासंघभित्रै दुई पक्ष देखिएको छ । एकाथरी विधान संशोधन गरी अध्यक्षको कार्यकाल घटाउनुपर्ने, प्रत्यक्ष निर्वाचन प्रणाली नहुँदा जिल्लासँगको सम्बन्ध टुट्ने, जिल्लाको कुनै भूमिका नै नहुने आदि तर्क अघि सारेका छन् भने अर्को पक्ष अहिलेको व्यवस्था सही कि गलत भन्ने परीक्षण पनि गर्न नपाई अहिले नै हतार गर्नुको कुनै औचित्य नभएको तर्क गर्छ । 

Royal Enfield Island Ad

यसमा महासंघका पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरु, जिल्ला, नगरभित्रै दुई पक्ष देखिएको छ । महासंघको पछिल्लो साधारणसभामा “विशेष समाधारणसभामार्फत् संशोधन समिति गठन गर्ने” प्रस्ताव पारित भएपछि संशोधनको चर्चा थप चुलिएको हो ।

महासंघकी अध्यक्ष भवानी राणा भने समयअनुसार विधान संशोधन गर्दै जानुमा कुनै प्रश्न नरहेको बताउँछिन् । उनका अनुसार संशोधनका लागि समिति बनेकाले समितिले सुझाव संकलन गर्ने र आवश्यकताअनुसार छलफलमा लैजान मस्यौदा तयार पारेपछि मात्र संशोधनको प्रक्रिया अघि बढ्नेछ ।

बाह्रखरीसँग कुरा गर्दै उनले भनिन्, “संशोधनमा संघीयता कार्यान्वयनमा निजी क्षेत्रको भूमिका र संस्थागत संरचना आदिमा सुधार गर्ने धेरै विषय छन् । यी विषयमा मतहरु बाझिएका पनि छन् । तर, हाउसले पास नगरेसम्म कुनै विषयमा संशोधन हुँदैन ।”

महासंघमा अहिले वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्थामा मत बाझिएको छ । १५ महिनाअघि यस्तो व्यवस्था गरिए पनि अहिले यसका व्यवस्थालाई संशोधन गर्नुपर्छ भन्ने सुझाव आएका छन् । वरिष्ठ उपाध्यक्षलाई अर्को कार्यकालमा अध्यक्ष नबनाउने चलखेल भएको कतिपयको बुझाइ छ ।

तर यसमा पनि आ–आफ्नै तर्क छन् । अहिलेको विधान बमोजिम बनेका वरिष्ठ उपाध्यक्ष अब विधान संशोधन भए पनि स्वतः अध्यक्ष हुने र त्यसपछिका उपाध्यक्षको हकमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था लागु हुने एकथरीको तर्क छ भने अर्कोथरीले साधारणसभाले संशोधन पास गरेकै दिनदेखि विधान लागु हुने हुनाले अहिले वा पछिको भन्न नसकिने तर्क गर्छन् ।

वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग भएको असमझदारीका कारण महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल यो व्यवस्था पूर्णरुपमा हटाउने कसरतमा लागेको व्यवसायीको दाबी छ ।

महासंघमा हाल २–४ जना सदस्यहरुले विधानमा केही संशोधन हुनुपर्छ भनेर पठाएको संशोधनको सुझाव छलफलको क्रममा रहेको छ । तर, संशोधनको विपक्षमा रहेकाहरुले भने व्यक्तिगत स्वार्थ पूरा गर्न सोही पत्र र केही आवाजलाई आधार मानेर संशोधन गरिए महासंघ विभाजन हुन सक्ने चेतावनी दिएका छन् ।

“अहिले व्यक्ति हेरेर विधान संशोधन गर्दै जाने हो भने भोलि महासंघको अवस्था के होला ?” महासंघको विधान संशोधनको विपक्षमा उभिएका एक व्यवसायी भन्छन्, “सही र गलत के हो भन्ने बारेमा परीक्षण नै नभई पूर्वाग्रही ढंगबाट फेरि संशोधनको कुरा उठाइएको छ । यसले महासंघभित्र आफ्नो पकड जमाइराख्ने स्वार्थ समूहको उद्देश्य पूरा हुनेबाहेक अरु केही हुनै सक्दैन ।”

उनले संघीयताको उदाहरण दिँदै भने, “नेपालमा भर्खरमात्रै संघीयता लागु भएको छ । कतिपय प्रदेश प्रमुख र मन्त्रीहरुले समेत यो व्यवस्था टिक्न सक्दैन भनेका छन् । त्यो भने भन्दैमा आजै संविधान संशोधन गरेर संघीयता खारेज गर्न सकिन्छ त ? यो सही या गलत के हो भन्ने परीक्षण गर्नुपर्दैन ?”

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भने तत्काल संशोधनको आवश्यकता नभएको तर्क गर्छन् । संशोधन भएको डेढ वर्ष पनि नपुगेको अवस्थामा विधान संशोधन गराउने खेलमा केही व्यक्ति लागेको उल्लेख गर्दै उनले यस्तो कार्यशैलीले महासंघलाई दीर्घकालमा फाइदा नहुने बताए । उनले भने, “आवश्यक परेको अवस्थामा नयाँ व्यवस्था ल्याउने र अहिले फेरि परिवर्तन गर्न खोज्नु कुनै व्यक्तिको स्वार्थ पूरा गर्न खोजेजस्तो मात्र देखिन्छ ।” असमझदारी र आफ्नो फाइदा हेरेर संशोधन गर्ने विषयमा उठेको कुरा साँचो भए महासंघका लागि खतराको संकेत भएको उनको भनाइ छ । उनले भने, “महासंघ उल्टो बाटोमा जान खोजेको देखिन्छ । यो हुनु हुँदैन ।”

उनले थपे, “संशोधन गर्ने निर्णय भइसकेको हैन । समिति बनेको छ, समितिले जे निर्णय गर्छ, सोही हुन्छ । चाँडै संशोधन गरी पुरानै कुरा दोहोर्याउनुपर्छ भन्ने आवाज उठेको मात्र हो, २–४ जनाको यस्तो आवाज छ, तर संशोधन हुनैपर्छ भन्ने जरुरी छैन ।”

संशोधनका विषयमा वरिष्ठ उपाध्यक्षको भन्दा अन्य विषय बढी प्राथमिकतामा रहेकाले विवादको विषय बनाउन नहुने महासंघकी अध्यक्ष राणाको दाबी छ । २ वर्षे कार्यकाल बनाउनुपर्छ भन्ने लगायतका विषयहरु पनि रहेको उनको भनाइ छ ।

उनले भनिन्, “हाउसले निर्णय गरे मलाई पनि पदबाट बर्खास्त गर्न सक्छ । विधान कार्यान्वयन भए अर्को कार्यकालबाट मात्र लागु हुन्छ, अहिले वरिष्ठ उपाध्यक्षको हकमा यो लागु हुँदैन ।”

महासंघको संरचनागत सुधारको धेरै विषयमा संशोधनको आवश्यकता रहेको बताउँदै उनले सबै विषयमा छलफलपछि मात्र निर्णय गरिने बताइन् । 

संशोधनको मूलभूत मुद्दा वरिष्ठ उपाध्यक्षको व्यवधान बनाइएकोमा मुरारकालाई चित्त बुझेको छैन । उनले भने, “हामीले एक कार्यकाल पनि नयाँ व्यवस्था अनुभव गर्न पाएका छैनौं ।” 
एक पूर्ण कार्यकालको प्रगति कस्तो हुन्छ हेरेर मात्रै संशोधनको कुरा गर्दा राम्रो हुने उनी बताउँछन् । उनले थपे, “अहिलेको कार्यकालको सफलता वा असक्षमता भन्ने पहिचान नभएको अवस्थामा भइरहेको विधान संशोधन गर्नुपर्ने कुनै आधार छैन । तैपनि हतार गरे यसले महासंघलाई दीर्घकालीन रुपमा कुनै फाइदा गर्दैन । अन्य केही दोहोरो अर्थ लाग्ने विषय छन् भने आवश्यकताअनुसार संशोधन हुनुपर्छ तर कोही व्यक्तिलाई अघि बढ्न नदिने मनसायका साथ संशोधन गरिनुपर्छ भन्ने आवाज उठ्छ भने त्यो गलत हो ।”

के भन्छन् व्यवसायी ?
अहिलेको संशोधन गोल्छालाई कुनै हालतमा अध्यक्ष बन्न नदिने मनसायका साथ रचिएको खेल भएको गोल्छा निकट एक व्यवसायीको तर्क छ । उनले भने, “गोल्छा अध्यक्ष बन्नका लागि वरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा गर्नुभएको थियो । त्यही भएर भोट मागेको हो । जसलाई उहाँले हराउनुभयो, उहाँ फेरि गोल्छाले चुनाव जितेर पाएको पद खोस्ने कसरतमा हुनुहुन्छ । जे मन लाग्यो त्यही गर्न पाइन्छ ? अध्यक्ष पद उहाँहरुको विरासत हो र ?” यस्तै पारा महासंघमा चलिरहे महासंघ विभाजन हुने खतरा बढेको उनी बताउँछन् ।

यसअघिका घटनाक्रम
यसअघि पशुपति मुरारका महासंघका अध्यक्ष रहँदा वर्तमान अध्यक्ष भवानी राणा महासंघकी वरिष्ठ उपाध्यक्ष थिइन् । मुरारकाको कार्यकाल सकिनै लाग्दा २०७३ मंसिरमा विधान संशोधन गरिएको थियो । महासंघको विशेष साधारणसभाले पारित गरेको विधानअनुसार महासंघको सांगठनिक स्वरूप अब संघीय संरचनाअनुसार हुने तथा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । 

त्यस्तै, एक वर्षअघि भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भएको थियो । महासंघको निर्वाचनमा गोल्छाले प्रधानलाई हराएका थिए । 

पछि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रमोद श्रेष्ठ संसद्मा चुनावमा उठेका कारण महासंघ त्याग्नुपर्यो । उनैको रिक्त पदका लागि भएको निर्वाचनमा गत फागुन २५ गते प्रधान महासंघको उपाध्यक्ष बनेका थिए । प्रधान अहिले महासंघको अध्यक्ष पदका आकांक्षी पनि हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro