site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले र माओवादीले एकताको सन्देश दिन सँगै कम्युनिष्ट स्थापना दिवस मनाउँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकताको सन्देश दिन भन्दै नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ६९ औं स्थापना दिवसलाई दुई कम्युनिष्ट दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एकै ठाउँमा आइतबार मनाउने भएका छन् । 

पार्टी एकता संयोजन समितिको आयोजनामा स्थापना दिवसको कार्यक्रम राष्ट्रिय सभागृहको सभाहलमा गर्न लागिएको समितिले बताएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।  

केही दिनदेखि सघन वार्तामा रहेका अध्यक्षद्वयले आइतबारको कार्यक्रमबाट पार्टी एकता घोषणाको मिति सार्वजनिक गर्ने तयारी भएको कार्यालय सचिव श्रेष्ठले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“स्थापना दिवसमा केही न केही ठोस सन्देश दिने भन्दै अध्यक्षहरु तीन दिनदेखि सघन संवादमा हुनुहुन्छ”, श्रेष्ठले भने । यसअघि वैशाख ९ (अप्रिल २२) मा पार्टी एकताको घोषणा गर्ने तयारी गरेका दुवै दलको गृहकार्य नपुगेको भन्दै एकताको मिति पर सरेको बताएका थिए । 

तत्कालिन राणा शासनको विरुद्धमा आन्दोलन चलिरहेकाबेला वि.सं. २००६ वैशाख १० गते (अप्रिल २२, १९४९) कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतीय भूमि कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको जन्मभएको थियो ।

Global Ime bank

नेता श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ र  निरन्जन गोविन्द वैद्य सो पार्टीको संस्थापक थिए । संस्थापकमध्ये अहिले कोही पनि जीवित छैनन् । दुई अध्यक्षले सम्भावित पार्टी एकताको दिनका बारेमा दुई विकल्पबारे छलफल भइरहेको एक एमाले नेताले   बताए । 

वैशाख ९ मा एकता सम्भव नभएपछि अव पहिलो प्राथमिकतामा मजदुर दिवस (मे १) अर्थात् वैशाख १८ गते र दोस्रो वैशाख २२ (मे ५) मा पार्टी एकताको घोषणाको दिनबारे छलफल भइरहेको ती नेताले जानकारी दिए । 

“विवादका विषयमा दुई अध्यक्षबीच सहमति चाँडै बनेमा वैशाख १८ मा पार्टी एकताको दिन तय हुनसक्छ, नभए वैशाख २२ (अर्थात् कार्लमाक्र्स जन्मेको दिन मे ५) हुन्छ” उनले भने । 

दुई दलबीच पार्टीको संरचनागत कमिटीमा समानताको हिसावले दुवै दलका नेताको प्रतिनिधित्व गराउने कि प्रतिशतको अनुपातमा गर्ने विवाद छ । त्यस्तै, माओवादी केन्द्रले उठाएको जनयुद्ध शब्द अब बन्ने नयाँ विधानको प्रस्तावनामा उल्लेख गर्ने या नगर्ने, नयाँ दलको चुनाव चिन्ह सूर्य मान्ने या त्यसभित्र हँसिया हथौडा राख्ने मुख्य विवाद छ । शनिबार पनि दुवै अध्यक्षबीच लामो वार्ता भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement