site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विश्वकप फुटबलमा पश्चिमाले अवरोध पुर्याउन खोजिरहेको रुसको आरोप 
Sarbottam CementSarbottam Cement

बीबीसी । पूर्व गुप्तचर अधिकारीमाथि रासायनिक हमला गरेको आरोपमा पश्चिमका धेरै देशहरुले घटनाको विरोध गर्दै १०० भन्दा बढी रुसी अधिकारीलाई देशनिकाला गरिसकेका छन् । यसैबीच आइसल्यान्ड र बेलायतले भने रुसको आयोजनामा हुने आगामी विश्वकप फुटबल कार्यक्रममा उच्च प्रतिनिधिको टोली नपठाउने निर्णय सुनाएका छन् । त्यसैगरी पहिलोपटक बेलायतको राजपरिवारले पनि विश्वकपमा सहभागीता नजनाउने भएको बताइएको छ ।

बेलायतमा पूर्वरुसी एजेन्टमाथि भएको रासायनिक हमलापछि रुस अहिले सबैतिरबाट आलोचित भइरहँदा यसको असर आगामी गर्मीयाममा सुरु हुने विश्वकप फुटबलमा पनि परिरहेको देखिएको छ । यसै विषयमा रुसी विदेश मन्त्रीकी प्रवक्ता मारिया जाकहारोभाले अमेरिका र बेलायतमाथि विश्वकप कार्यक्रममा अवरोध पुर्याउन खोजिरहेको आरोप लगाएकी छन् । रुसी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले पश्चिमी राष्ट्रहरुको मुख्य लक्ष्य नै रुसबाट विश्वकपलाई हटाउनु रहेको बताएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतका विदेश मन्त्री बोरिस जोन्सनले पनि रुसमा हुने विश्वकपलाई १९३६ को जर्मनीको नाजी ओलम्पिकसँग तुलना गर्दै कार्यक्रमको विरोध गरेका छन् । त्यसैगरी अर्का बेलायती राजनीतिज्ञले विश्वकप स्थगित गर्न वा रद्द गराउन आग्रह गरेका हुन् । तरपनि बेलायतले इङ्ल्यान्डको फुटबल टिम सम्बन्धि भने यस प्रकारको कुनै औपचारिक जानकारी दिइसकेको छैन ।

हालै मात्र अमेरिकाले रुसका १७० राजनीतिज्ञलाई देशनिकाला गरेपछि उनीहरु परिवार सहित वासिङटनबाट बाहिरिएका हुन् । त्यसैको प्रतिक्रियामा रुसले पनि ५० बेलायती अधिकारीलाई बर्खास्त गर्ने निर्णय सुनाएको छ ।

Global Ime bank

बेलायतले प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको दाबी गरिरहँदा रुसले भने यसबारे पुष्टि नभइ कुनैपनि कारबाही अगाडि बढाउनु उचित नहुने बताउँदै आएको छ । तर यही मुद्दाले आगामी विश्वकपमा समेत ठूलो असर पार्ने देखिएपछि रुस र बेलायतबीचको विवाद झन गम्भीर बन्दै गइरहेको बताइएको छ । 

http://www.bbc.com/news/world-europe-43609505

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC