site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा टिम चौराहा र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढीमा आयोजना हुने सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले बुधबार दोस्रो संस्करणको डीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो  ।

डीपीएल क्रिकेटको यो संस्करण चैत १७ गतेबाट सुरु हुँदैछ । यो संस्करणमा विराटनगर किङ्गस, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया,  रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले सहभागिता जनाएका छन् । प्रतियोगिताको लागि अक्सनबाट सबै  टोलीले खेलाडी छनोट गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनगढीस्थित अञ्चल प्रहरी मैदानमा हुने उद्घाटन खेलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ । वैशाख १ गतेसम्म संचालन हुने प्रतियोगिताको पहिलो दिन एक खेल हुने छ । दोस्रो दिनबाट प्रत्येक दिन दुई खेल हुने खेल तालिका आयोजकले सार्वजनिक गरेको छ ।

टी–ट्वान्टी फरम्याटमा हुने दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् । 

Global Ime bank

प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC