site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
फुटेका राप्रपा मिलाउन पूर्वराजा ज्ञानेन्द्रको सक्रियता, अदृश्य संरक्षकत्व दिन तयार !
Sarbottam CementSarbottam Cement

गणतन्त्र घोषणा भएको दशक हुँदा पनि मुलुकमा पूर्वराजाको बेलाबेलामा हुने सक्रियताले तरंग पैदा गर्नेगरेको छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले पनि धर्म र राजनीतिका विषयमा बेलाबेलामा चासो प्रकट गर्नेगरेको पाइन्छ ।

पूर्वराजा शाहले आइतबार फुटको अवस्थामा रहेका पूर्व पञ्चहरूको पार्र्टी राष्ट्रिय प्रजातन्त्रका तीनवटा घटका दोस्रो तहका नेतालाई झापामा बोलाएर निर्वाचनमा पराजयपछिको अवस्थाको समीक्षा गर्दै एउटै पार्टी बनाउन सुझाव दिएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

नयाँ पत्रिकाले पहिलो पृष्ठमा थोरै मात्र स्थान दिएको यस समाचारअनुसार पूर्वराजा शाहले कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा (राष्ट्रवादी)का तीन तीन जना नेता भेला गरेर एउटै पार्टी बनाउन सुझाव दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा ज्ञानेन्द्र शाहले जोड दिएका थिए । “म तपाईँहरुका पार्टीको संरक्षक होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाइँहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,” पूर्वराजाको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग राप्रपाका केन्द्रीय सदस्य प्रह्लाद शाहले भनेका छन्, “त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा ’टार्गेट’ बनाएर तपाइँहरू अघि बढ्दा उपयुक्त हुन्छ ।”

सहभागी स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– “उहाँले देखिएर होइन, अदृश्य रुपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।”

Global Ime bank

 

अन्य समाचार

आजका सबैजसो पत्रिकाले कानुनमन्त्री शेरबहादुर तामाङले गरेको पत्रकार सम्मेलन, मेयरविरुद्ध उपमेयर नै अनशनमा बसेको लगायतका विषय उठान गरेका छन् ।

आजको नयाँ पत्रिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग गरेको कुराकानीका आधारमा मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाको फेसबुक लाइभमा पुगेका मन्त्री पण्डितले मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाशमा पठाइने बताएका छन् ।

नयाँ पत्रिकाले नै मुग्लिनमा निर्माणाधीन आर्क ब्रिजमा दसैंदेखि गाडी गुड्न सक्ने भन्दै अर्को समाचार प्रकाशित गरेको छ ।

नयाँ पत्रिकाले नै धनुषा हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरविरुद्ध नै आमरण अनशनमा बसेको विषयमा पनि समाचार प्रकाशित छ । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएको समाचारमा लेखिएको छ ।

अन्नपूर्ण पोस्टले एकदिवसीय मान्यता प्राप्त गरी सोमबार स्वदेश फिर्ता भएको नेपाली क्रिकेट टोलीको तस्बिरलाई पहिलो पृष्ठमा महत्त्वका साथ प्रकाशित गरेको छ ।

त्यसैगरी अन्नपूर्ण पोस्टले नै तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैधरूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको समाचार प्रकाशित गरेको छ ।

शम्भु कट्टेलले लेखेको समाचारमा उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा विजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेको समाचारमा जनाइएको छ ।

पोस्टलेसतर्कता केन्द्र प्रभावहीन रहेको समाचार पनि छापेको छ ।

कान्तिपुर दैनिकले पनि एक दिवसीय मान्यता प्राप्त गरी स्वदेश फिर्ता भएको नेपाली टोलीका कप्तान पारस खड्काको तस्बिर विशेष महत्त्वका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

त्यसैगरी कानुनमन्त्री तामाङले गरेको पत्रकार सम्मेलनलाई कान्तिपुरले महत्त्वका साथ प्रकाशित गरेको छ ।

न्यायाधीशका सम्पत्ति सार्वजनिक गर्न कानुन ल्याइने प्रतिबद्धता मन्त्री तामाङको रहेको छ । त्यसैगरी कान्तिपुरले अझै पनि प्रदेश सरकार अलमलमा परेको सम्बन्धी समाचार प्रकाशित गरेको छ ।

दुर्गा खनाल र सुदीप कैनीले लेखेको समाचारमा काम खोज्दै कर्णालीका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र मन्त्रीहरू राजधानी आएको उल्लेख छ ।

आजको हिमालय टाइम्सले पनि नेपाली क्रिकेट टोलीको तस्बिर पहिलो पृष्ठमा प्रकाशित गरेको छ । कानुनमन्त्रीले गरेको पत्रकार सम्मेलनको समाचारलाई पनि टाइम्सले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

नागरिक दैनिकले टीकापुर घटनाका पीडितसँगको कुराकानीमा आधारित समाचार तयार पारेको छ । धनगढीबाट दिलबहादुर छत्याललले पठाएको समाचार शीर्षक रहेको छ — ‘अबोध बालकको हत्या कसरी राजनीतिक ?’ रहेको छ । टीकापुर घटनाका पीडितले रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण गराउने  र रिहा गर्ने तयारी भएको विषयमा आपत्ति जनाउँदै उक्त आपराधिक मुद्दालाई राजनीतिक नबनाउन सरकारसँग आग्रह गरेका छन् ।

त्यसैगरी आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेको समाचारमा स्थानीय तहलाई वर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक वर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको उल्लेख छ ।

राजधानी दैनिकले पनि नेपाली क्रिकेट टोलीको तस्बिरलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ भने संघीय संसद्कै कर्मचारीलाई प्रदेश सभामा खटाउने तयारी गरेकोसम्बन्धी समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

 

विचार र दृष्टिकोण

‘प्रम ओली निराश नपार’ शीर्षकमा आजको नागरिक दैनिकमा पुरञ्जन आचार्यले विचार राखेका छन् – शंकारहित रूपमा भन्न सकिन्छ, संसद्मा शेरबहादुर देउवा प्रभावशाली होइन, औसत स्तरको पनि विपक्षी नेता हुन किमार्थ सम्भव छैन । अनि सडकमा विपक्षीले देखाउन सक्ने सामथ्र्य र शक्ति पनि कांग्रेस पार्टीमा रित्तिँदै गएको छ ।’

‘देउकलियाका व्याधा र सिंहदरबारका प्यादा’ शीर्षकमा कृष्ण पहाडीले कान्तिपुर दैनिकमार्फत आफ्नो दृष्टिकोण राखेका छन् ।

‘राजनीति, विश्वास र अविश्वास’ शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा कमल कोइरालाको विचार प्रकाशित छ । अहिले सरकार निर्माणको एक सय दिन पनि पुगेको छैन । सरकारमा केही आशालाग्दा व्यक्ति पनि भएकाले कम्तीमा सय दिनको क्रियाकलाप हेरेर मात्रै मूल्यांकन गर्नु राम्रो हुने उनले आफ्नो विचारमा उल्लेख गरेका छन् ।

 

सम्पादकीय

आजको अन्नपूर्ण पोस्टले सफलतासँगै जिम्मेवारी शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ – क्यानको निलम्वन फुकुवा, भौतिक संरचना निर्माण र खेलाडीलाई व्यावसायिक सुनिश्चिततासँगै निर्धक्क भएर खेल्न पाउने वातावरण सिर्जना गर्न सके नेपाली क्रिकेटले आगामी दिनमा यसभन्दा ठूला उपलब्धि हासिल गर्न सक्नेछ ।

‘औचित्यहीन स्वेच्छिक अवकाश’ शीर्षकमा कान्तिपुरले सम्पादकीय लेखेको छ ।

नागरिक दैनिकले अर्थतन्त्रको अनीष्ट शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ – सरकारले धेरै बजेट विनियोजन गरेका परियोजना खर्च बढाउने र स्थानीय तह र प्रदेशमा पठाएको पैसा खर्च गराउन प्रेरित हुनुपर्छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र कर्मचारीलाई दिएको निर्देशन स्वागतयोग्य भएको भन्दै सम्पादकीय लेखेको छ ।

‘पुरुष गणतन्त्र’ शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय लेख्दै भनेको छ–नेपालको अहिलेको गणतन्त्र धेरै अर्थमा पुरुष गणतन्त्र हो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC