site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पपुवा न्युगिनीविरूद्ध नेपालको शानदार जित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए ।  

Agni Group
NIC Asia

त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।  

Global Ime bank

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए ।

नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।

नेपालले एक दिवसीय मान्यता पाउने सम्बन्धमा भने हङकङ र नेदरल्याण्डबीचको खेलमा भर पर्नु पर्ने भएको छ । नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले स्वत एक एक दिवसीय मान्यता पाउने छ । तर हङकङले नेदरल्याण्डलाई पराजित गरेमा सातौ स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

त्यस्तै, आजको खेलमा नेदरल्याण्ड पराजित भएमा आठौं स्थान हुने राष्ट्रपनि रेलिगेशन हुदै डिभिजन टु मा घटुवा हुने छ । १७५ रनको चुनौति पछ्याउदै हङकङले नेदरल्याण्ड विरुद्ध ब्याटिङ गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu