site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोल्डस्टारद्वारा आगामी विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालक टोलीलाई सहयोग गर्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  नेपाली जुत्ता गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनी किरण सु म्यानुफ्याक्चरर्सले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालक विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ । 

नेपाली सडक बालकहरूको टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक भएको कम्पनीले दाबी गरेको छ ।

Agni Group

सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो ।  

किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भनिन्, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक विक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालक विश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC