काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई उमेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राईलाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागि कांग्रेस केन्द्रीय सदस्य एनपी सावदले भोजपुरकी राईलाई कांग्रेसले राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको जानकारी दिए । राई पञ्चायत कालमा हत्या गरिएका भोजपुरका कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा निवार्चित सांसद देवानसिंह वीपी कोइराला सरकारमा सहायक मन्त्री बनेका थिए ।
नयाँ राष्ट्रपति चयन गर्न आज मनोनयन दर्ता हुँदैछ । राष्ट्रपतिको निर्वाचन भने २९ फागुनमा हुँदैछ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय गरिसकेको छ ।