site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नर्भिक अस्पतालको लापरवाही र शल्यक्रियामा संलग्न चिकित्सकमाथि काउन्सिलले छानविन गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नर्भिक अस्पतालका चिकित्सकले गरेको गल्तीका विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ ।   काउन्सिलमा ‘आईतबार बसेको इथिकल कमिटी’को  बैठकले  छानविन गरी कारवाही गर्ने निर्णय गरेको हो ।

शल्यक्रियामा संलग्न डा. प्रवीण नेपाल र डा.शैलेज रञ्जितकारलाई घटनाको लिखित जानकारीसहित मंगलबार काउन्सिलमा बोलाएको काउन्सिलका रजिस्ट्रार डा. दीलिप शर्माले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने ‘अस्पतालमा उक्त घटना कसरी भयो भन्ने विषयमा लिखित जवाफसहित शल्यक्रियामा संलग्न डाक्टरलाई मंगलबार काउन्सिलमा बोलाएका हौं ।”

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दायाँ घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न चिकित्सकले गल्ती स्वीकार गरेका थिए । 

Global Ime bank

चिकित्सकले गल्ती भएको स्वीकार गरेपछि अस्पतालले बिरामीका आफन्तसँग सहमति गरेको थियो । 

बिरामी पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, उपचारमा लागेको खर्च मिनाहा गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने  सहमति विरामीसँग अस्पतालले गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC