site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
शिक्षकलाई बन्दुक र तालिम दिन ट्रम्पको सुझाव 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विद्यालय हमलाका पीडित परिवारहरुसँग बसेको बैठकमा घटनाबारे खुलस्त भएर कुराकानी गरेका छन् । 

१७ को मृत्यु भएको सो हमलामा बाँच्न सफल विद्यार्थी लगायत मृतकका परिवारमाझ दुःख व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले आगामी दिनहरुमा यस्तो कहिल्यै हुन नदिने बचन दिएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो कार्यक्रममा उनले यस्ता घटनालाई फेरि पनि नदोहो¥याउन विद्यालयमा पढाउने अधिकांश शिक्षकहरुलाई बन्दुक प्रदान गरिने सुझाव दिएका छन् । यसका साथै ट्रम्पले डग्लस स्कुलका विद्यार्थीहरुसमक्ष अबबाट बन्दुकहरुको बिक्री गरिँदा खरिदकर्ताको मानसिक स्वास्थ्यको समेत राम्रो परीक्षण गरिने र पृष्ठभूमिमा पनि उत्तिकै ध्यान दिइने बताएका छन् । उनले थप भने, “पहिलेको जसरी हामी कुरा मात्र गर्नेछैनौँ र यी सबै नियम कडा रुपमा लागू गराउनेछौँ ।”

यस्ता घटनामा शिक्षकहरुको साथमा पनि बन्दुक हुने हो भने दुर्घटनाले ठूलो रुप लिन नपाउने ट्रम्पको भनाइ छ । 

Global Ime bank

उनको यस्तो योजनालाई धेरैले विवादास्पद रहेको बताउँदै आलोचना गरिरहे पनि उनका अनुसार विद्यालयमा पढाउने शिक्षकहरुलाई बन्दुक र प्रतिरक्षा सम्बन्धी उचित तालिम दिइने हो भने विद्यालय बन्दुकरहित क्षेत्र रहनेछैन । 

उनले भने, ‘किनकी त्यस्ता अपराधीहरु कायर हुन्छन् र विद्यालय परिसरभित्र कसैसँग बन्दुक हुँदैन भन्ने सोचले उनीहरुलाई हमला गर्ने साहस दिइरहेको हुन्छ । त्यसैकारण हामीले विद्यालयमा ‘गन एक्सपर्ट’ राख्यौँ भने यस्ता घटना हुन पाउनेछैनन् ।’ 

उता धेरै अभिभावकले भने ट्रम्पको यस योजनाप्रति सन्तुष्टि जनाएका छैनन् । यस्ता हमलालाई रोक्न बन्दुकको प्रयोगलाई अझ बढावा दिनु उचित नहुने उनीहरुको भनाइ छ । 

‘बन्दुक हमलाबाट मुक्त हुन अझ अर्को बन्दुक पनि थप गर्नु समाधान होइन अर्को समस्या हो’ उपस्थित एक अभिभावकले विरोध जनाउँदै भने । अर्कोतर्फ ट्रम्पको नेशनल राइफल असोसिएनस, एनआरआइसँग पहिलेबाट नै राम्रो सम्बन्ध रहँदै आएकाले पनि यस विषयमा उनी सोचमा परिरहेको अन्तराष्ट्रिय संचार माध्यमको भनाइ छ । सो संस्थाले राष्ट्रपति चुनावका बेला उनलाई ३० मिलियन डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC