site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पोल्याण्ड पठाउन सयजनासँग करोड ठगेर फरार
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोल्याण्डमा रोजगारी दिलाइदिने भन्दै प्रतिव्यक्ति एक लाखका दरले एक सय जनाभन्दा धेरै व्यक्तिसँग रकम ठगी गरेर भागेको भन्दै वैदेशिक रोजगार विभागमा आएका ठगिनेमध्येका दुईजना विभागको प्राङ्गणमा निराश मुद्रामा भेटिए । आफूहरुलाई ठग्ने मान्छे सम्पर्कविहीन रहेको र खोजी गरिदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा समेत उजुरी दिएको उनीहरुले सुनाए । वैदेशिक रोजगार विभागमा समेत १५ दिनअगाडि उजुरी दर्ता गरिए पनि खासै सुनुवाइ नभएको पीडितको गुनासो छ । 

अर्घाखाँचीका गणेश केसी र बागलुङका रण अर्याल अहिले आएको भए पनि उनीहरुका ५० जना साथीहरुले यसअघि नै सिआईबी गुहारिसकेका रहेछन् । उनीहरुले दिएको जानकारी अनुसार काठमाडौंमा पास इन्टरनेशनल नामको मेनपावरको नामबाट मणिराज अधिकारी र लक्ष्मी ज्ञवाली भन्ने व्यक्तिले उनीहरुलाई पोल्याण्ड लैजाने भन्दै रकम लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पैसा उठाएर मान्छे भागेको छ, कसैले दुबई गएको छ पनि भन्छन् । मोबाइल स्वीच अफ छ कहाँ गएको भन्ने थाहा छैन । हामी उजुरी दिएर बसेका छौं । पैसा फिर्ता पाउने प्रतिक्षामा छौं,” पीडित भन्छन् । पैसा दिँदा चेकमार्फत दिएकोले प्रमाणसमेत आफूहरुसँग भएको उनीहरुले सुनाए । आफूहरुको उजूरीका सम्बन्धमा अहिलेसम्म खासै काम नभएको उनीहरुको गुनासो छ । 

ठगी गरेर फरार भएको भए पक्राउ पुर्जी जारी गर्छौ : विभाग
 

Global Ime bank

वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता मोहन अधिकारी कुनै पनि मुद्दा दर्ता भैसकेपछि सुरुमा त्यसबारे अनुसन्धान गर्ने र अनुसन्धानपछि मात्रै दोषीको यकिन गरेर मुद्दा अगाडि बढाइने बताउँछन् । “यो मुद्दाका सम्बन्धमा पनि हामी अब अनुसन्धान गर्छौ । त्यसमा मेनपावर संस्था नै सामेल हो कि व्यक्तिमात्रै हो, त्यो पत्ता लगाउनुपर्यो । त्यसपछिमात्रै मुद्दा कुन ढङ्गले अगाडि बढाउने भन्ने हुन्छ,” उनले भने ।

विभागका अनुसार संस्था हो भने पैसा भराउने देखि वा संस्था खारेजसम्मको सजाय हुनसक्छ भने व्यक्ति भए रकम फिर्ता गराउने, बैंकिङ कारोबार रोक्का गर्नेदेखि जेल सजायसम्म हुने व्यवस्था छ । विभागका प्रवक्ता अधिकारीले भने, “ठग्ने व्यक्ति भागेको भए पनि हामी पक्राउ पूर्जी जारी गर्र्छौ र भागेर विदेश नै गएको रैछ भनेपनि इन्टरपोलको सहायताले त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ ।”

‘रकम बुझाउनुअघि राम्ररी सोधपुछ गरौं’
विभागले दिनहुँ ठगीका उजुरीहरु आइरहेको भन्दै राम्रोसँग सोधपुछ नगरीकन मेनपावर वा एजेन्टलाई पैसा नबुझाउन आग्रह गरेको छ । “धेरैजसो मुद्दाहरु व्यक्तिले ज्ञान नपाएर नै भएका छन् । कुनैपनि देश जानु अगाडि त्यो देशमा नेपालीलाई रोजगारी छ कि छैन, त्यो कम्पनी वास्तविक हो कि होइन भनी विभागमा आएर सोध्न वा जान्न सकिन्छ । तर जानु अगाडि सोध्ने गरिएको खासै पाइँदैन । त्यसैले पनि धेरै व्यक्ति ठगिमा परेका छन्,” विभागको मुद्दा तथा अनुसन्धान शाखाकी निर्देशक रमा भट्टराईले भनिन् । 

विभागका प्रवक्ता अधिकारीका अनुसार पोल्याण्ड पनि नेपाली कामदारका लागि खुला गरिएको देश हो । तर, कुन–कुन कम्पनीमा आफूलाई बोलाइएको हो, त्यो बुझेर मात्रै जानुपर्ने उनको सुझाब छ । “पोल्याण्ड जान पाइन्छ भन्दैमा सबै कुरा राम्ररी नबुझी पैसा बुझाइहाल्नु भएन । बुझाउँदा पनि आफूसँग प्रमाण हुनेगरी दियो भने न्याय पाउन सजिलो हुन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC