देश
चितवन । १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुमन शाहलाई जिल्ला अदालत चितवनको बुधबारको फैसलाले आठ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश वासुदेव न्यौपानेको इजलासले उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
भरतपुर–१५, मंगलपुर घर भएकी बालिकालाई भारत मोतीहारी स्थायी घर भई हाल भरतपुर–१५ बस्दै आएका ५० वर्षीय सुमन शाहले असोज १४ गते घरमा कोही पनि नभएको अवस्थामा जबर्जस्ती करणी गरेका थिए । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा असोज १७ गते जाहेरी दिएकी थिइन् । प्रहरीले आरोपित शाहलाई असोज १६ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४ २२:५५
प्रतिक्रिया दिनुहोस्