देश
मोरङ । हुण्डी कारोबार गर्ने चार जनालाई प्रहरीले ३६ लाख रुपैयाँसहित पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार पक्राउ पर्नेमा विराटनगर–७ का सुदर्शन साह, ८ का सन्तोषकुमार रौनियार, ११ का निरन्जनकुमार साह र १७ का साकिब आलम छन् ।
विराटनगर–११ स्थित कन्हैया गुप्ताका घर भाडामा लिएर हुण्डी कारोवार चलाइरहेको सुराकीका आधारमा मोरङ प्रहरीले बुधबार छापा मारेर नगदसहित चारै जनालाई पक्राउ गरेको हो । सो रकमको स्रोत नखुलेकाले सम्पत्ति शुद्धीकरण आयोगमार्फत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीको भनाइ छ । रासस
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४ १९:४०
प्रतिक्रिया दिनुहोस्