site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डोनाल्ड ट्रम्पले नरेन्द्र मोदीको नक्कल गरेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दै बोलेको खबर वासिङ्टन पोस्टले सार्वजनिक गरेको छ । समाचारमा उल्लेख गरेअनुसार अफगानिस्तान सम्बन्धी छलफल गर्दैगर्दा ट्रम्पले भारतीय शैलीमा बोेलेर मोदीको नक्कल गरेका हुन् । 

प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय समुदायमा पहिलेदेखि नै भारतीय शैलीमा अङ्ग्रेजी बोल्नेमा परिचित छन् । यस्तैमा मोदीले गत वर्षको भेटवार्तामा ‘अमेरिकाले अफगानिस्तानलाई बदलामा कुनै ठूलो कुराको माग नराखि जति मद्दत गरेको छ त्यति अरु कुनै देशले गर्न सक्दैन’ भन्ने बयान दिएका थिए । यसै मुद्दाबारे कुरा गर्दै ट्रम्पले मोदीको कुरामा सहमति जनाएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर ट्रम्पले मोदीको बोलीलाई नक्कल गरेको खबरले चारैतिर चर्चा बटुलिरहेको भएपनि ह्वाइट हाउसले भने यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

उता भारतका डेमोक्रेटिक पार्टीका सांसद राजा कृष्णामूर्तिले भने मोदीको नक्कल गर्ने ट्रम्पको बानीको कडा आलोचना गरेका छन् । उनले भने, ‘यो खबर सुनेपछि म आश्चर्यमा परेँ । अमेरिकीहरुको पहिचान उनीहरुको शैलीका कारण नभएर भारतीय आदर्श र मूल्यमान्यतालाई लिएर उनीहरुको प्रतिवद्धताले गराउने गरेको छ ।’

Global Ime bank

ट्रम्पको यस्तो प्रवृत्तिका कारण उनी यसअघि पनि विवादमा परिसकेका छन् । पछिल्ला दिनहरुमा ह्वाइट हाउसले ट्रम्पसम्बन्धी यस्ता खबरहरुलाई बेवास्ता गर्दै आइरहेको छ भने उता ट्रम्पले पनि वासिङ्टन पोस्टमाथि ‘फेक न्युज’ को आरोप लगाइरहेका छन् ।

ट्रम्प र मोदीको विचारधारा आर्थिक विकास र सुरक्षा नीतिलाई लिएर लगभग समान रहेको बताउँदै सञ्चार माध्यमले समयसमयमा उनीहरुको तुलना गर्ने गरेका छन् । अब उनीहरुको भेट डाभोस स्वीट्जरल्यान्डमा यही जनवरी २३ मा हुन लागेकोे विश्व आर्थिक फोरम सम्मेलनमा हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC