site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रसुवा । क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो । 

गत वर्ष यस अवधिमा करिब पाँच हजार सवारी चालकलाई ट्राफिक नियम उल्लंघन विषयमा कारवाही गर्नुपरेकामा चालु आवको साउनदेखि हालसम्म दुई हजार ८९९ लाई मात्र कारवाही गरिएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चालु आवको छ महिनामा सानाठूला १३ सवारी साधन दुर्घटनामा परी त्यसमा सवार १३ जना सामान्य घाइते भएका थिए । दुई हजार ८९९ सवारी साधनलाई कारबाही गर्दा रु २१ लाख ४० हजार जरिवाना लिइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

यस्तै गत आवमा ३५ सानाठूला सवारी साधन दुर्घटना, ३५ जना सामान्य घाइते, दुई जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने आठ हजार २०० सवारी साधन कारबाहीमा परी रु ६२ लाख ८६ हजार जरिवाना भएको ट्राफिक प्रमुख खड्काले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC