site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
न्याय हराएको सूचना
Sarbottam CementSarbottam Cement

राजु अधिकारी


आफ्नो दाइले विदेशबाटल्याइदिएको स्मार्टफोनमा फेसबुक चलाउन उसलाई निकै रमाइलो लाग्थ्यो । १३ वर्षको भइसक्दा कक्षा ४ भन्दा माथि उक्लन नसके पनि केही हप्तामै ऊ फेसबुकको ‘सुपर युजर’ भइसकेको थियो ।

एकदिन उसकोएकजना साथले फेसबुकमा ‘शेयर’ गरेको पोस्ट देखेर ऊ मख्ख पर्‍यो । कुनै निराश बुद्धिजीवीले देशको न्यायपालिकाको स्थितिलाईव्यंग्य गर्ने उद्देश्यले लेखेको उक्त पोस्टले उसको मन तान्यो । उक्त पोस्टमा लेखिएको थियो,"न्याय हराएको सूचना ! लामो समयदेखिगरिबका रक्षक, जनताका साथी र हामी सबैका परम मित्र ‘न्याय’ अपहरणमा परेर हराएको र जति प्रयास गर्दा पनि आजसम्मनभेटिएकोले भेट्टाउनुहुने महानुभावले मेरो फोनमा सम्पर्क गरिदिएमा नगद रु.१ करोड पुरस्कार दिइनेछ ।"

१ करोड धनराशिको ‘विज्ञापन’ले उसको दिमाग झनन्न भयो । बच्चैदेखि उसलाई धन कमाउने निकै रहर थियो । दशैंमा मामाघरबाट टीका लगाएर जम्मागरेको पैसा उसले खुत्रुकेमा साँचेर राख्थ्यो र आफ्नो दाजुसँग को धनी भनेर दाँज्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँका सबैजसो युवाहरु पैसा कमाउन विभिन्न मुलुकमा बिदेसिएका थिए ।त्यसरी बिदेसिनेमध्येमा एमएपासगरेकोउसकोदाइ रऔंठाछापसम्मका युवाहरू थिए।फर्केर आउँदा उनीहरुले कमाएर ल्याउने पैसा प्राय: सबैजसोको बराबर नै हुन्थ्यो । त्यसैले उसको मनले हिसाब गर्थ्यो–– एमएपढे पनि, पढ्दै नपढे पनि आखिर पैसा कमाउने उत्ति नै हो, किन मेहेनत गरेर पढ्नु? त्यसैले १३ वर्षको हुँदा पनि ऊ४ कक्षाभन्दा माथि जान नसकेकोमा उसलाई कुनै पछुतो थिएन ।उसको एउटै ध्येयभनेकोकसरी सजिलो तरिकाले पैसा कमाउने भन्ने नै थियो ।

फेसबुकको त्यो पोस्ट देखेर महादेवको तेस्रो नेत्र खुलेझैं उसको पनि धनको गिद्धे नेत्र खुल्यो ।मनमनै विचार गर्‍यो––१ करोडकमाउन त दश जुनीसम्म नंग्रा खियाउनुपर्छ । यति सजिलो उपाय हुँदाहुँदै किन अरु काम गर्नु?

Global Ime bank

तर, न्याय कसरी अपहरणमा पर्‍योत ?

बच्चाहरु अपहरणमा परेको त उसले सुनेको थियो तर न्याय ? उसले फेरि सोच्यो- अपहरणमा परेको भनेपछि पक्कै पनि कुनै मान्छे नै हुनुपर्छ, त्यति ठूलो धनराशिको पुरस्कार छ भने पक्कै पनि ठूलै मान्छे हुनुपर्छ ।शायद त्यो व्यक्तिको नाम नै न्याय हो कि ? त्यसै त आजभोलि अर्थ न बर्थका नाम राख्ने चलन छ, पक्कै पनि त्यो मान्छेको नाम न्याय हुनुपर्छ । तर कसरी थाहा पाउने ऊ को हो? कहिले अपहरणमा पर्‍यो, कहाँ छ?

गाउँमा पाण्डे बाजे निकै बुज्रुक मानिन्थे । उनलाई संस्कृतदेखि अंग्रेजीसम्मको राम्रो ज्ञान थियो । पञ्चायतकालमा उनी राजनीतिमा पनि सक्रिय थिए र उपप्रधानपञ्चसम्मभएका थिए ।प्रजातन्त्र आएपछि कांग्रेसको सदस्य पनि भए । तर राजनीति सबैले देख्ने गरी निकै फोहोरी खेल भएपछि दिक्क लागेर उनी निष्क्रिय बसेका थिए । उसले पाण्डे बाजेलाई न्यायको बारेमा सोध्ने विचार गर्‍यो ।

पाण्डे बाजेले निराश हुँदै भने,"न्याय को हो, कहाँ छ भन्ने कुरा अब हामीजस्तालाई सोधेर हुँदैन बाबु । न्यायलाई त कांग्रेसीहरुले आफ्नो शासनकालमा नै अपहरण गरेर बन्धक बनाएका हुन् । त्यसपछि त्यहाँबाट माओवादीले बन्दुक देखाएरफेरि अपहरण गरे । अहिले कहाँ छ, के गर्दै छ, कसले बन्धक बानाएको छ, मलाइ केही थाहा छैन । उसलाई अपहरणबाट बाहिर निकाल्न त असम्भवजस्तो भइसक्यो,उसलाई अपहरणमुक्तगराउने त ठूलै निधार लिएर आएको मान्छे हुनुपर्छ ।"

पाण्डे बाजेले उसले सोधेको प्रश्नको सीधा उत्तर नदिए पनि उसले एउटा कुरा के पत्ता लगायो भने न्याय पक्कै पनि कुनै ठूलै मान्छेको नाम हो,उसलाई कसैले लुकाएर राखेको छ रउसलाई भेट्टाउनेभाग्यमानी हुनेछ अर्थात उसलाई धन प्राप्त हुनेछ ।"

शायद माओवादीहरुलाई पो थाहा छ कि भनेर अर्को दिन बिहानै भण्डारी दाइकहाँ गएरसोध्यो,"दाइ ! आजभोलि न्यायलाई कहाँ र कसले लुकाएर राखेको छ?"

भण्डारी दाइ १०वर्ष जनयुद्ध गरेर शान्ति प्रक्रियापछि गाउँ फर्केर निकै ‘सम्मान’का साथ बसेकाथिए । गाउँका सबै मान्छे उनीसँग डराउँथे । कसैले उनलाई औंला उठाउने र सीधा आँखाले हेर्नेसम्म आँट गर्दैनथे । उनले स्थानीय निर्वाचनमावडा अध्यक्षपनि जितेका थिए ।प्रश्न सुनेर उनले भने,"हेर भाइ ! न्यायलाई त बन्दुकको नालले मात्र पत्ता लगाउन सक्छ कहाँ छ भनेर, नत्र त्यो बाहिर आउँदैन । शान्त तरिकाले न्याय भेटिनेभए हामीले किन १०वर्ष जनयुध्द गर्नु पर्थ्यो ? किन हजारौं जनता सहिद हुनु पर्थ्यो? अहिले त हामी जनताको ध्यान मोड्न रणनीतिक रुपले चुनावमा गएका छौँ । तर, अन्तमा बन्दुकले नैन्याय खोजेर ल्याउनेछौँ । तिमीले सच्चा न्याय भेटाउन अझै केहीवर्ष पर्खनुपर्छतर मलाईविश्वास छ- एकदिन न्याय अवश्य भेटिनेछ ।"

"पाण्डे बाजेको कुरा अनुसार त जनयुद्धताका हजुरहरुले न्यायलाई अपहरण गर्नुभएको थियो रे ! अहिले कता गयो त?"

"त्यो अपहरण थिएन भाइ, हामीले त उसलाई अपहरणमुक्त गर्न खोजेका थियौं तर शान्ति-प्रक्रियाको नाममा उसलाई फेरि अपहरण गरियो, अहिले कसले लुकाएर राखेको छ, मलाई पनि थाहा छैन ।"

भण्डारी दाइको बन्दुकको कुराले उसलाई अलिअलि डर पनि लाग्यो तर एउटा कुरा उसले के पत्ता लगायो भने उनीहरु पनि त्यही न्यायकै खोजीमा रहेछन् तर अहिले पाइँदैन भनेर चुप लागेर बसेका रहेछन् ।त्यसले उसलाई अलि सतर्क बनायो किनभने जसरि पनि उसले न्यायलाई उनीहरुभन्दा पहिले भेट्टाउनु पर्थ्यो नत्र १ करोड रुपैयाँ उसको खल्तीबाट बाहिर जान्थ्यो ।

 

अब कसलाई सोध्ने होला भनेर भौंतारिँदै हिँड्दा उसले आफ्नो किताबमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने पढेको कुरा सम्झियो । उसको दिमागको बत्ती बल्यो ।

 

गोर्खामा त कसो नभेटिएला भनेर अर्को दिन बिहानै कसैलाई केही नभनी ऊ सुटुक्क गोर्खा पुग्यो ।गोर्खा सदरमुकाममा पुग्दा त्यहाँ एउटा राजनीतिक दलको आमसभा भइरहेको थियो । त्यो सभामापातला जुँगा पालेका ख्याउटे नेताले भाषण ठोक्दै थिए । ती नेतालाई उसले धेरैपटक टिभीमा पनि देखेको थियो । उनी भन्दै थिए,"...बन्दुकको नालबाट न्याय खोज्छौं भनेर हिँडेका हामी यहाँसम्म त आइपुग्यौं तर न्याय अझैं भेटिएन । हामीले अहिले मात्र थाहा पायौं कि न्यायलाई त बन्दुकको गोली लागेको रहेछ, ऊबन्दुकको गोलीले घायल भएर छटपटाइरहेको रहेछ । हामीले पछि मात्र बुझ्यौं न्याय त शान्ति भएको ठाउँमा मात्र हुने रहेछ । तर, खुशीको कुरा- हाम्रो बन्दुकले घाइते भएको न्याय अब बिस्तारै होशमा आएर आँखा खोल्ने तरखर गर्दै छ । अब हामी अब न्यायको धेरै नजिक पुगिसकेका छौं । हामीलाई विश्वाश छ- देश विकास भएपछि पक्कै पनि सबैले न्यायको प्रत्याभूति गर्न पाउनेछन् । आउनोस् हामीले न्याय खोज्नथालेको यो नयाँ अभियानमा सरिक हुनुहोस्। हामी तपाईंलाई पक्कै पनि न्याय दिलाउनेछौं ।"

उसले सोच्यो,"अब कहिले विकास हुने? कहिले न्याय भेटिने ? आफूलाई कति हतार छ ।"

उसलाई अरुले भन्दा जसरी पनि छिटो भेट्टाउनु छ। तर, ती बुद्धिजीवी नेतालाई एकपटक भेटेरै न्यायको बारेमा सोध्नु पर्‍यो भनेर ऊ सभा सकिएपछि ती नेतालाई भेट्न गयो र सोध्यो,"न्याय अहिले कहाँ छ?"

ती ख्याउटे बुद्धिजीवीले उँधोमुन्टो लगाउँदै भन्न थाले,"हेर्नुस् भाइ ! न्याय अहिले पैसा, शक्ति र पहुँचवालाको घरमा अपहरित अवस्थामा छ । गरिब, दु:खहरुले तउसलाईटाढाबाट पनि देख्न पाउँदैनन् ।तर, ती पैसावाला र पहुँचवालाको घरबाट उसलाई निकालेर सबै जनताले देख्न सक्ने गरी न्यायलाई पारदर्शी बनाउने जिम्मा हाम्रो पार्टीले लिएको छ । आउनुस् तपाईं पनि यो महान कार्यमा सम्मिलित हुनुस् ।"

ती बुद्धिजीवीबाट उसले एउटा गाँठी कुराचाहिँ पत्ता लगायो–न्याय पैसा र पहुँचवालाको घरमा बन्धक छ ।अनि थोरै भए पनि सन्तुष्टि लिएर ऊ गोर्खाबाट घर फर्कियो ।

अर्को दिन स्कुलमा शिक्षकले ‘हिजो कहाँ गएको?’ भनेर सोधे । उसले झुठ बोल्न उचित मानेन र सोझै उत्तर दियो,"गोर्खा गएको थिएँ ।"

"किन?"

"न्यायलाई खोज्न ।"

"के रे? न्यायलाई खोज्न रे? किन गोर्खा जानु पर्‍यो त?"

"न्याय नपाए गोर्खा जानू भनेर पढेको थिएँ, त्यही भएर ।"

कक्षाका सबै विद्यार्थी गलल हाँसे ।शिक्षक पनि हाँस्दै व्यङ्ग्यात्मक पारामा बोले,"मूर्ख केटो । आजभोलि पनि न्याय खोज्न गोर्खा जानुपर्छ त ? न्याय खोज्न त न्यायाधीशको घर जानुपर्छ । आजभोलि त अदालतबाट न्यायाधीशहरुले न्यायलाई घरमा लगेर राख्ने गरेका छन् ।"

उसले प्रतिप्रश्न गरेन । शिक्षकले आफ्नो पाठ शुरु गरे ।

साँझ स्कुलबाट फर्केर उसले बालाई सुटुक्क सोध्यो,"बा न्यायाधीश भनेको के हो?"

"न्याय दिने मान्छे । किन चाहियो?"

"त्यसै आज स्कुलमा त्यही पढाएको थियो, त्यसैले सोधेको । उनी कहाँ बस्छन् ?"

"खै, अदालतमा काम गर्छन्। बस्नचाहिँ कहाँ बस्छन्, थाहा छैन । सरकारले घर दिन्छ होला नि ।"

अर्को दिन बिहानै अदालत जाने सोंच बनाएर ऊ ओछ्यानमा पल्टियो ।मनभरि न्यायलाई भेटेर १ करोड रुपैयाँ झ्वाम्म पार्ने कुरा उसको दिमागमा चलिरह्यो ।

अर्को दिन स्कुल जाने बाटोबाटै ऊ जिल्ला अदालत कार्यालयमा गयो, कसैलाई थाहा नदिई । त्यहाँ उसकै फुपूको गाउँका खड्का थरी काकाले पियनको जागिर गर्थे । गएर खड्का काकालाई हातमा घप्लक्क ढोग्यो ।

"कताबाट आयौ कान्छा अदालतमा?" काकाले सोधे । उसले स्कुलमा न्यायाधीशको बारेमा लेख्नुपर्ने भएकोले न्यायाधीश कस्ता हुँदा रहेछन् भनेर भेट्न आएको बतायो । जसरी भए पनिन्यायाधीशलाई भेट गराइदिन आग्रह गर्यो ।खड्का काकाले कोसिस गर्ने बताएपछि अदालत बिदा नहुँदासम्म ऊ त्यहीँ पर्खेर बस्यो ।

न्यायाधीश कार्यालयको समय सकेर घरतिर लागेपछि ऊ पनि खड्का काकासँगै त्यतातिर लाग्यो ।डराई-डराई काकाले न्यायाधीशलाई स्कुले केटोले आफ्नो निबन्धको बारेमा लेख्नको लागिभेट्न चाहेको कुरा सुनाए ।

उसले सोचेको भन्दा फरक न्यायाधीशले कुनै अनकन नगरी स्वीकारोक्ति दिए ।न्यायाधीशको घर पुर्याएर खड्का काका फर्किए । न्यायाधीशले उसलाई बैठक कोठामा बस्न भनी आफू भित्र गए ।उसले बैठक कोठामा चारैतिर नियाल्यो- शायद कतै भेटिई पो हाल्छ कि भनेर । तर, कतै केही देखेन ।

हातमुख धोएर न्यायाधीश चियाको कप लिँदैबैठक कोठामा आएर भने,"ल भन भाइ केको बारेमा बुझ्न चाहन्छौ?"

उसले केही कुरा नलुकाई सोझै भन्यो,"न्याय कहाँ छ भनेर सोध्न आएको ।"

न्यायाधीशले मुस्कुराउँदै भने,"ओहो ! यति सानो विद्यार्थीले निकै गहन प्रश्न सोध्यौ त । हुन त म न्यायधीश हुँ तर वास्तवमा भन्नुपर्दा मलाई पनि थाहा छैन न्याय कहाँ छ अहिले भनेर । पहिले त अदालतमा देख्न पाइन्थ्यो, तर ती दिन कहाँ रहे र ? न्यायाधीश, वकिल, साक्षी सबै किनिन्छन् आजभोलि । हामी एउटा फैसला गर्छौं, पैसा र शक्तिको भरमा हामीभन्दा माथिको अदालतले फैसला उल्ट्याइदिन्छ । पैसा छ भने न्याय छ, पैसा छैन भने न्याय पनि छैन । अब आफैं भन, न्याय खोज्न कहाँ जानुपर्ला?"

"मैले हजुरको कुरा बुझिनँ सर, कहाँ जानुपर्ला?"

"कहाँ नि, काठमाडौँ जाऊ । प्रधानमन्त्रीकहाँ जाऊ, प्रधानन्यायाधीशकहाँ जाऊ, राजनीतिक दलका नेताहरुकहाँ जाऊ ।शायद तिनैमध्ये एकको घरमा भेटिहल्छौ कि?"

ऊ केही नबोली न्यायाधीशलाई हेरिरह्यो ।

"अरु केही सोध्नु छ?"

"छैन सर ।"

ऊ उठ्यो ।न्यायाधीश पनि हाँस्दै उठे अनि गुन्गुनाउदै भित्र लागे,"आजभोलिका बच्चाहरु यति सानै उमेरमा नै यस्तागहन विषयमा खोज गर्ने भइसके । संसार कहाँ पुगिसक्यो हेर्दाहेर्दै ।"

साँझ अलि अबेर घर पुगेर फेरि बालाईसोध्यो,"बा, प्रधानन्यायाधीश भनेको के हो?"

"हैन के भा छ आजभोलि यसलाई? कहिले न्यायाधीश सोध्छ, कहिले प्रधानन्यायाधीश । वकिल हुन लाग्यो कि के हो? पढाइचाहिँ ४ कक्षा पास गर्नु छैन, कुरा भने प्रधानन्यायधीशका।के भो तँलाई?"

"हैन के, स्कुलमा आजभोलि त्यसैको बारेमा पढाइ भैराछ ।"

"के हुनु नि, सबैभन्दा ठूलो न्यायाधीशलाई प्रधानन्यायाधीश भन्छन् ।"

"कहाँ बस्छन?"

"काठमान्डूमा ।"

"के नाम हो?"

"कति कुरा चाहिएको यसलाई ? नाम त थाहा छैन । तर, तेरी आमाको साथीकी बहिनीका दुलाहा छन् केर आजभोलि । जा आमालाई सोध् ।"

आमाकी साथीकी बहिनीका दुलाहा । अर्थात घिरौली अन्टीका दुलाहा । घिरौली अन्टीसँग त उसको राम्रो चिनजान छ । दशैंमा मामाघर जाँदा प्राय: सबै दशैंमा उनीसँग भेट हुन्थ्यो । शरीर पातलो भएकोले सबैले जिस्काएर उनको नामै घिरौली राखिदिएका थिए । उनको बिहे नहुँदासम्म त उनले उसलाई कति माया गरेर खेलाउने गर्थिन् । दुईवर्षअघि दशैंमा उसलाई टीका लगाएर पैसा पनि दिएकी थिइन् । उसले केही समय अगाडि किर्ते नागरिकता बनाएर उनका दुलाहा ठूलै मान्छे भएका छन् रे भन्ने सुनेको थियो, शायद तिनै होलान् ।

ऊ मनमनै मुस्कुरायो ।आमासँगठेगाना र फोन नम्बर लिएर ऊ अर्को दिन बिहानै काठमाडौँतिर लाग्यो ।काठमाडौँ उत्रिएपछि घिरौली अन्टीको घर पत्ता लगाउन उसलाई धेरै बेर लागेन ।बसको यात्राले थाकेको ऊ आँखा मिच्दै घिरौली अन्टीको घर पुग्यो । पहिले त बाहिर बसेको पालेले उसलाई भित्र पस्न दिएन तर पछि अन्टीलाई फोन गरेर उसले पालेलाई आफ्नो शक्ति देखाइदियो ।

अन्टी ढोकामा उभिएर उसलाई पर्खिरहेकी थिइन् ।उसले ‘दर्शन अन्टी’ भन्दै हातमा ढोग्यो ।

"हेर त, यो त कत्रो ठूलो भैसकेछ, चिन्नै गाह्रो । जुँगाको रेखी नि बसेछ," उनलेगाला निमोठिन् ।ऊ मुसुक्क हाँस्यो, केही बोलेन ।

"आ भित्रै आइज," उनलेभित्र लगिन् ।

"बैठकमा अंकल खै कोसँग मिटिङमा हुनुहुन्छ, आ भित्रै कोठामा आइज," उनलेआफ्नै कोठामा लगेर सोफामा बस्न भनिन् ।

"बस्दै गर् है, म चिया लिएर आउँछु," भनेर उनी भित्रतिर लागिन् ।

निकै ठूलो र राम्ररी सजिएकोकोठामा राखिएको छालाको लामो सोफामा ऊ थचक्क बस्यो ।चारैतिर नजर घुमायो रत्यहाँकोसजावटबाट निकै प्रभावित भयो । कस्तो राम्रो घर । उसले फिल्ममा मात्रै त्यति ठूलो र त्यति राम्रो कोठा देखेको थियो । यत्रो घरमा बस्ने घिरौली अन्टी चाहिँ कति मिजासिली? उसले सुनेको थियो- धनी मान्छेहरूले गरिब र गाउँलेहरूलाई पाखे भनेर हेप्छन् रे ! तर घिरौली अन्टी यति ठूलो मान्छे भएर पनि कत्ति पनि मात चढेको रहेनछ ।

अन्टी आफैं चिया बोकेर भित्र आइन् ।

"ल कान्छा, चिया खा," चियाको कप टेबलमा राख्दै उनले भनिन् ।

"अनि के कामले आइस् त ? घरतिर काकाकाकी सबै सन्चै हुनुहुन्छ?"

"हजुर, सबै ठीकै हुनुहुन्छ । अंकललाई भेट्ने सानो काम थियो, त्यही भएर आएको हुँ ।"

"अहिले त मिटिङमा हुनुहुन्छ । त्यस्तो के काम हो र ? मुद्दामामिलाको कुरो हो कि अरु केही हो?"

"हैन, त्यस्तो केही हैन । अहिले अंकल आएपछि थाहा पाइहाल्नुहुन्छ नि ।"

"तँलाई फटाहा, मसँग कुरा लुकाउन खोज्छ । ल तँ एकछिन बस्दै गर् । म एकैछिन भान्छामा जान्छु, अंकलले भान्छेले पकाएको त्यति मीठो मान्नुहुन्न, घरमा हुँदा मैले नै पकाइदिनु पर्छ," उसको टाउको मुसार्दै अन्टी कोठाबाट निस्किइन् ।

ऊ चिया पिउँदै यताउता नियाल्दै थियो । पहिले सुनेको उक्त आवाज अझै लगातार आइरहेको थियो ।उसले त्यो आवाजलाई बेवास्ता गर्न खोज्यो तर सकेन ।

त्यसैबीच प्रधानन्यायाधीश ‘हेर त यसलाई भित्र राख त’ भन्दै हातमा चार-पाँच वटा पैसाको मुठो लिएर भित्र पसे रअपरिचित मान्छेलाई कोठामा देखेरझस्किए ।

उसले ‘दर्शन अंकल’ भनेर सामीप्यता देखाउन खोज्यो । उनले कुनै उत्तर फर्काएनन् । भान्छातिर पस्दै श्रीमतीसँग झोक्किँदै भने,"हैन, जो पायो त्यही मान्छेलाई किन कोठामा ल्याएको?"

"लुइँटेल काकाको नाति हो के, छोरीको छोरो । बैठकमा हजुरको मिटिङ थियो, अनि कहाँ लग्नु त ?" उनले पनि झोंक्किएरै भनिन् ।

"ल ल भैगो, बरु यो लगेर राख," प्रधानन्यायाधीशले हातकोमुठो उनलाई दिँदै भने ।

पैसाको मुठो ल्याएर उनी कोठामा पसिन् ।ऊ चियाको कप समातेर अलि अप्ठ्यारो मान्दै उभिएरअसमन्जस्य स्थितिमा थियो ।

"किन उभिइराखेको ? बस् न कान्छा । अंकल अहिले आउनुहुन्छ," उनले कोठाको कुनामा सजाएर राखेको मान्छेजत्रै सेफ खोल्दै भनिन् ।

ऊ फेरि सोफामा बस्यो । अन्टीले सेफ खोल्दा त्यहाँ भएका पैसा र अन्य गरगहना देखेर उसका आँखा तिर्मिराए । उसले त्यति धेरै पैसा र गहनापहिले कहिल्यै देखेको थिएन । अचानक उसको होश उडेजस्तो भयो ।ऊ अर्धचेत जस्तो भएर हेरको हेर्यै भयो । त्यही अर्धचेतन अवस्थामा उसले त्यो सेफभित्र स्पष्ट एउटा आकृति देख्यो । कसैले उसलाई भन्नु परेन कि त्यो आकृति ‘न्याय’ थियो, जो निस्सासिँदै कराउँदै थियो, "मलाइ बचाऊ, यहाँबाट मलाई निकाल, म अपहरणमा परेको छु ।"

ऊ कराउँदा कराउँदै अन्टीले पैसाको मुठा सेफमाथि खन्याइन्, पहिल्यैदेखि नै निस्सासिएको ‘न्याय’ त्यही पैसामा पुरियो ।ऊ सकी-नसकी टाउको उठाउन खोज्दै थियो, अन्टीले ढ्याम्म सेफको ढोका लगाइन र ताल्चा मारिन् । ढोका लगाएको आवाजले ऊ पनि पुन: होशमा आयो र सोफाबाट उठ्दै भन्यो,"अन्टी, अंकल आज अलि व्यस्त हुनुहुँदो रहेछ, म आज जान्छु, पछि आउँछु ।"

"हैन के भो यसलाई? खाना खाएर जालास् नि । अंकलको बानी त्यस्तै हो, बस एकछिन, म पठाइदिन्छु तुरुन्तै ।"

"हैन अन्टी, त्यस्तो केही हैन । म पछि आउँछु नि," त्यति भन्दै ऊ बाहिर निस्क्यो ।

बाहिर निस्केर ऊ मुसुक्क मुस्कुरायो ।न्यायलाई भेट्टाएर उसको खुशीको सीमा थिएन ।ऊ मनमनै १ करोड रुपैयाँ कसरी खर्च गर्ने भनेर योजना बनाउँदै बाटो लाग्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC