site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भेटिएनन् नवराज सिलवाल ! अब के हुन्छ ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुर प्रहरीले पूर्व डीआईजी तथा सांसद नवराज सिलवाल फेला नपरेको पत्र काठमाडौं प्रहरी परिसरलाई पठाएको छ ।

कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको अभियोगमा पूर्व डीआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाललाई छानविनका लागि उपस्थित गराउन काठमाडौं प्रहरी परिसरले ललितपुरलाई पत्र पठाएको थियो ।

तर ललितपुर प्रहरीले घरमै पुगेर खोज्दासमेत नभेटिएको भन्दै पत्रमार्फत नै काठमाडौं प्रहरी परिसरलाई  जानकारी गराइएको ललितपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

Agni Group

सर्वोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपुछ र बयानका लागि भन्दै १९ गते नै पत्र काटेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि सरकारी छाप किर्तेमा जाहेरी दर्ता गराइएको थियो । 

Global Ime bank

यस सम्बन्धमा सिलवालसँग पनि सोधपुछ गर्नुपर्ने भएकाले ललितपुर प्रहरीलाई उपस्थित गराउनू भन्ने पत्र पठाइएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।
तर सिलवाल कार्यक्रममा भाग लिन मलेसिया पुगेको बताए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । ललितपुर प्रहरीले सिलवालको घर ठेगानाअनुसार उनी फेला नपरेको पत्रमार्फत जानकारी गराएको छ ।

प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा सरकारले गरेको बढुवा नियमसंगत नभएको भन्दै सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चमा उनले बुझाएको कार्यसम्पादन मुल्यांकन किर्ते गरिएको ठहर सर्वोच्चले गरेको छ ।

सर्वोच्चले जसले किर्ते गरेको भए पनि अनुसन्धान अघि बढाउनू भन्ने आदेश दिएपछि प्रहरीले यस सम्बन्धमा छानविन अघि बढाएको हो ।

अब के हुन्छ ?

नवराज सिलवाल नभेटेको भन्दै ललितपुर प्रहरीले पत्र पठाएको भए पनि अनुसन्धान नरोकिने काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ ।

“यो कुनै हदम्यादको मुद्दा होइन,” स्रोतले भन्यो, “नवराज सिलवाललाई खोज्ने काम जारी रहन्छ र राख्नुपर्छ । हामीले ललितपुर प्रहरीलाई जहिले भेटे पनि खोजेर पठाइदिनू भनेका छौं ।”

अनुसन्धानमा संलग्न डीएसपी बेलप्रसाद पाण्डेले पनि अनुसन्धान प्रक्रिया जारी रहेको बताउँदै अहिले नभेटे पनि भेट्नासाथ पठाउनुपर्ने बताए । उनले जहिले भेटे पनि खोजेर पठाउनू भन्ने निर्देशन रहेको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC