site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पिएसजी सेमिफाइनलमा, गोलपछि नेयमारको अनौठो सेलिब्रेसन
Sarbottam CementSarbottam Cement

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सिमित अमिन्सलाई २ – ० ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

अमिन्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न नेयमार र एड्रिन राबिओटले समान एक एक गोल गरे । तुलनात्मक कमजोर टोली अमिन्सविरुद्ध पिएसजीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अब पिएसजीले फाइनल प्रवेशको लागि सेमिफाइनलमा रेनससँग खेल्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफको ३४ औं मिनेटमा गोलकिपर रेगीस गुर्टनरले रातो कार्ड पाएपछि अमिन्स १० खेलाडीमा सिमित भएको थियो । पिएसजीका केलियन एमबाप्पेलाई डिबक्सबाहिर खराब ट्याकल गरेपछि गुर्टनरले रातो कार्ड पाएका थिए । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सिमित भएपनि पिएसजीलाई गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । अमिन्सका थोमसले आफ्नो डिबक्समा नेयमारलाई फल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे । पेनाल्टीमा गोल गरेपछि नेयमारले अनौठो तरिकाले गोलको सेलिब्रेसन गरे । उनले आफ्नो जुत्ता फुकालेर टाउकोमा राख्दै नयाँ तरिकाले गोलको खुशी मनाएका थिए ।

Global Ime bank

अमिन्सविरुद्ध गोल गरेसँगै कीर्तिमानी मुल्यमा पिएसजी आएका नेयमारले पिएसजीका लागी सबैखाले प्रतियोगितामा गोल गर्न सफल भए । उनले पिएसजीका लागि यो सिजन सबैखाले प्रतियोगिता गरि २० गोल गरिसकेका छन् । त्यसपछि खेलको ७८ औं मिनेटमा एड्रिनले गोल गर्दै पिएसजीलाई २ – ० को सहज जित दिलाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC