site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भृकुटीमण्डपमा जुत्ताचप्पल तथा छालाजन्य वस्तुको मेला सुरू
SkywellSkywell

काठमाडौं । बिहीबार (आज) देखि काठमाडौंस्थित भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलमा ‘जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरुको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४’ सुरु भएको छ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका छन् । 

नेपालभरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरी खरिद गर्ने अवसर प्रदान गर्ने उद्देश्ले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले सो प्रदर्शनीको आयोजना गरेको हो । 

Dabur Nepal
NIC Asia

प्रर्दर्शनीको उद्घाटनको अवसरमा अर्थमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउन निर्यातलाई जोड दिनुपर्ने बताए । उनले केही स्वदेशी जुत्ताहरुले भारत लगायत अन्तर्राष्ट्रिय बजारमा लोकप्रियता भइसकेको जनाउदै बाँकी स्वदेशी ब्राण्डहरुले पनि विश्व बजारमा आफ्नो उपस्थितिको लागि अघि बढ्नुपर्ने धारणा राखे ।

एशोसिएशनका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठले प्रदर्शनीमा बिक्रीभन्दा पनि पछिल्लो उत्पादनको बारेमा ग्राहक तथा अवलोकनकर्ताहरुलाई जानकारी गराउने प्रमुख ध्येय रहेको बताए । 

आयोजकका अनुसार प्रदर्शनी स्थालमा जुत्ता तथा जुत्ताजन्य वस्तुको खरिदमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । प्रदर्शनीमा १० वटा प्रायोजकहरुको पेभिलियनसहित १३५ वटा स्टलहरु प्रतिस्पर्धाको रुपमा रहनेछ ।  अयोजकले प्रदर्शनीको एक लाख बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ । 

शारीरिक अशक्तता, जेष्ठ नागरिक, स्कुल तथा कलेजबाट अवलोकनका लगि यूनिफर्ममा आउने विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उक्त प्रदर्शनीमा सर्वसाधारणको लागि भने ५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ । प्रदर्शनी पुस १८ गतेसम्म चल्ने आयोजकको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu