काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले सोमबार आफ्ना उत्पादन बिक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टे«डिङको जनकपुरको लागि आधिकारिक वितरक गिरिजा अटो मोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो ।
जनकपुरको मुजेलीयामा उक्त नयाँ शोरुमको उद्घाटन गरिएको छ । नयाँशोरुम ३८ सय वर्गफिट क्षेत्रफलमा फैलिएको छ । जुन जनकपुरमै सवैभन्दा ठूलो भएको कम्पनीले दाबी गरेको छ ।
शोरुमको उद्घाटनको क्रममा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण वजार रहेको बताए । नयाँ शोरुमको सञ्चालनले ग्राहकलाई गाडी खरिद र सर्भिसमा सहज हुने उनको बुझाइ छ । “टाटा मोटर्सले ग्राहकलाई केन्द्रिविन्दु मानेर सुविधा पु¥याउँदै आएको छ,” उनले भने “नयाँशोरुमको सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई उजागर गर्दछ ।” शोरुमले उक्त क्षेत्रभित्र सेवा अनि ग्राहकको सन्तुष्टिमा नयाँ आयम थप्ने ब्यापार प्रमुख रोयले विश्वास गरेका छन् ।
कम्पनीले शोरुममा जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता गाडीहरुको उपलब्धता हुने जनाएको छ । साथै सवै रेन्जका प्यासेन्जर गाडीहरु उपलब्ध हुने बताइएको छ ।
नयाँ शोरुम थपिएसँगै नेपालभर टाटा मोटर्सका २० विक्री केन्द्र र २४ सेवा केन्द्र पुगेको जानकारी दिएको छ ।