site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर कोरियामा यसरी मनाइँदैछ शोकसभा

काठमाडौं । उत्तर कोरियाका सम्पूर्ण जनताले आज नेता किम जोङ उनका पिता किम जोङ इलको छैठौँ पुण्यतिथिलाई शोकसभा आयोजना गरेर मनाएका छन् । 

२०११ मा आजको दिन उनका पिताको मृत्यु भएको थियो त्यसैकारण आज त्यहाँ देशभर शोकसभा मनाइएको बताइएको छ । ६९ वर्षको उमेरमा हृदयघातका कारण किम जोङ इलको निधन भएको थियो । त्यसै दिनदेखि उत्तर कोरियामा किमले शासन गर्दै आइरहेका छन् ।

नेता किमले यस दिनका लागि भनेर विशेष नियम बनाएका छन् । यस दिनमा अधिकांश उत्तर कोरियाली जनताहरु प्योङयोङ मान्सु पहाडसम्म हिँड्दै जाने गरेका छन् । शोकमय वातावरण उत्पन्न गराउन बाटोभरि शोकमग्न संगीत बजाइने गरिएको डेलीमेलले बताएको छ । 

उक्त पहाडको उचाइमा जोङ इलको भव्य मूर्ति बनाइएको छ जहाँ सबै सर्वसाधारणहरु गएर शिर झुकाउने र पाउमा फूल राखिदिने गर्दछन् ।  गत वर्षहरुमा भन्दा यस वर्षको मौन सभालाई थोरै कडा गरिएको भएपनि शासक किमका डरले मानिसहरुले नियम पालन गर्न छाडेका छैनन् । 

यस विशेष दिनमा उत्तर कोरियाका सबैलाई मीठो खानपिन गर्न, रमाइलो गर्न, मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन निषेध गरिएको हुन्छ । अघिल्लो दिनदेखि नै मानिसहरुलाई रमाइलो गर्न र हाँस्नमा प्रतिबन्ध लगाइएको हुन्छ । यस अवसरमा हरेक वर्ष किमले पिताका नाममा मिसाइल वा रकेट फायर गर्ने गरेका छन् । 

किमले यस वर्षपनि यस परम्परालाई जारी राख्नेछन् भनेर विश्वविद्हरुले भने गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । यस अघिका सबै वार्षिकोत्सवमा किमले यस्तो गर्ने गरेकाले पनि यसले चिन्ता बढाइरहेको बताइएको छ । 

उत्तर कोरियाले विशेष रुपमा मनाउने गरेको यस शोकसभाका बारेमा धेरै अनौठा खुलासा भएको थियो । 

२०१२ मा जोङ इलको मृत्यु भएपछि किमको हातमा सम्पूर्ण ताकत आएको थियो । त्यसैले त्यस समय जोङ इलको निधनमा नरुने नागरिकलाई किमले लेबर क्याम्पमा सजाय दिएको खबर बाहिर आएको थियो । 

यस खबरले धेरैलाई आश्चर्यमा पारेको थियो किनकी त्यसबेला सार्वजनिक गरिएका सबै तस्बिर र भिडियोहरुमा उत्तर कोरियाका जनता अत्यन्तै दुःखी हुँदै कराउँदै रुँदै गरेकोे देखिएको थियो । डेली मेलले बताएअनुसार गम्भीर भएर शोकसभामा सहभागी नुहुने नागरिकलाई पनि कडा कारवाही गर्न किमको निर्देशन थियो । त्यसैकारण पनि हजारौँ नागरिक हप्तौँसम्म रोइरहेको तस्बिरहरु सार्वजनिक गरिएको बताइन्छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  ०३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro