site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गच्छदारको अपराजित यात्रा यथावत्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन्् । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गर्दै उनले आफ्नो अपराजित यात्रा अघि बढाएका छन् । 
कांग्रेस नेता गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका हुन् । गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि यिनै चौधरीलाई ६६२ मतले पराजित गरेका थिए । त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष थिए । 
मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तासाझेदार नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेले कम्युनिष्ट गठबन्धन बनाएपछि उनले फोरम (लोकतान्त्रिक) लाई कांग्रेसमा विलय गराएका थिए । असोज ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा गच्छदारले कम्युनिष्टहरुबाट मुलुकमा जनवादी संविधान ल्याउने प्रयास भएकाले लोकतनत्रको रक्षा गर्न कांग्रेससँग पार्टी एकीकरण गर्नुपरेको प्रतिक्रिया दिएका थिए ।  

नेता गच्छदारले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधी निर्वाचन र ५६ को आम निर्वाचन कांग्रेसबाट जितेका थिए । उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट आफ्नो अपराजित यात्रा यथावत राखे ।   

KFC Island Ad
Dabur Nepal
NIC Asia

२०४८ सालबाट लागातार चुनाव जित्दै आएका नेता गच्छदार सधैं सत्ताको केन्द्रविन्दुमा रहे । २०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई उनले छवि प्रभावशाली मन्त्रीका रूपमा स्थापित गरेका थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिर भएका छैनन् ।
पहिलो संविधानसभा निर्वाचन भन्दा केही समय अघि आफ्ना केही मान्छेले टिकट नपाएको विरोधमा गच्छदारले तत्कालीन पार्टी सभापति कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए । तर कांग्रेससँगको पार्टी एकीकरणमा उनले मधेसी जनताको हक–अधिकार स्थापित गर्न पार्टी परित्याग गरेको बताएका थिए । 

पहिलो संविधानसभा निर्वाचन जितेका गच्छदारले माओवादी नेतृत्वको सरकार सात महिनामै ढलेपछि फोरमलाई फुटाएर आप्mनै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यस पछि फोरम लोकतान्त्रिकका अध्यक्ष बनेका गच्छदार एमाले नेता माधवकुमार नेपालको नेतृत्व गठन भएको सरकारमा सहभागि बनेका थिए । 

Royal Enfield Island Ad

गच्छदार पाँच पटक उपप्रधानमन्त्रीका रूपमा र १३ पटक मन्त्रीका रूपमा सत्तामा पुगिसकेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा उनले मतदातासँग आगामी दिनमा आफु प्रधानमन्त्री हुने भन्दै मत मागेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि ‘थारूको छोरोलाई प्रधानमन्त्री बनाउनुहोस्’ भन्दै मत मागेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro