काठमाडौं । बर्दियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अग्रता लिएका छन् । उनले सिँचाई मन्त्री समेत रहेका कांग्रेसका उमेदवार सञ्जयकुमार गौतमलाई एक हजार ४७२ मतले पछि पार्दै अग्रता लिएका हुन् ।
पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष गौतमले ६,६०६ प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी सिँचाई मन्त्री गौतमले पाँच हजार १३४ मत ल्याएका छन् ।
त्यस्तै बर्दिया क्षेत्र नम्बर २ मा पनि कम्युनिष्ट गठबन्धनकै सन्तकुमार थारुले अग्रता लिएका छन् । उनले छ हजार ७४१ मत ल्याउँदा कांग्रेसका गोपाल दहित पाँच हजार ३२९ मतका साथ पछ्याइ रहेका छन् । बर्दियामा बिहान ११ वजेबाट मतगणना सुरु गरिने भनिए पनि मध्यान्ह १२ वजेबाट मात्रै गणना कार्य सुरु भएको थियो ।