विशेष
केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । भडपले उग्र रुप लिएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।
कौडेना गाउँपालिकाको जनता मावि केन्द्र बाहिर मतदान केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रण लिन चार राउण्ड गोली चलाएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मसौद आलम खाँले जानकारी दिए ।
स्थिति तनावपूर्ण हुँदै गएपछि हवाई फायर गर्नुपरेको उनको भनाइ छ । हवाई फायरपछि स्थितिीसामान्य भएको र मतदान केन्द्रमा भने अहिले मतदान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४ १२:१६
प्रतिक्रिया दिनुहोस्