ad

साहित्य र कला

‘गोरे’ मार्फत फर्किदै दिलिप 

काठमाडौं । नायक दिलिप रायमाझी लामो समयपछि  चलचित्र ‘गोरे’ बाट नेपाली दर्शक माझ आउन लागेका छन् । चलचित्र ‘गोरे’ मा दिलिपले शिर्ष भूमिका निर्बाह गरेका छन् । गाउँले परिवेश देखि शहरीया परिवेशसम्मको क्यारेक्टरमा उनी देखिँदैछन् । 

रामेश कुमार राईको निर्देशन चलचित्र यही २९ गते देखि प्रर्दशनमा आउने छ । चलचित्रमा दिलिपसँगै अनु शाह, राकेशकुमार राई, गुनु घर्तीलगायतका कलाकारको अभिनय रहेको छ । 

सूर्य जिसिको प्रस्तुती एव रुपा जिसिको निर्माण रहेको चलचित्रलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन् ।

तपाईंको मत