site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसमा एमालेको ‘सेफल्यान्डिङ’
Sarbottam CementSarbottam Cement

राजविराज । “मधेस र मधेसी विरोधी पार्टी एमालेलाई यहाँका जनताले भोट किन हाल्ने ?” राजविराजका मतदाताले स्थानीय तह निर्वाचनका बेला एमाले उमेदवार सुखराम यादवलाई गरेको प्रश्न हो यो ।

त्यतिमात्र होइन, “मधेसी जनता आन्दोलनमा मारिँदा ‘झरेको आँप’को संज्ञा दिने एमाले पार्टीलाई भोटमार्फत नै जवाफ दिनुपर्छ” भन्दै आक्रोस पोखेर असिनपसिन तुल्याएका थिए यादवलाई मतदाताले ।

“यस्तै अनन्त प्रश्न मैतिर तेर्सिऊन् र ती सबै प्रश्नको जवाफ दिनेछु” भनेर सुखरामले आश्वस्त पारे पनि भीड मान्न तयार थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तह निर्वाचन सकिएको भर्खर २ महिना नाघ्यो र यति बेला फेरि तराई–मधेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमय भएको छ । त्यसयता राष्ट्रिय राजनीतिमा ठूलै फेरबदल आइसकेको छ । र, गणितीय जोडघटाउमा पनि बदलाव आएको छ ।

त्यसो त राजविराजका जनता आक्रोशित हुनुको मुख्य कारण थियो– मलेठ घटना । मेची महाकाली अभियानका नाममा एमालेले देखाएको ‘हठ’का कारण अनाहकमा ५ जना मलेठबासी मारिएको भन्दै आक्रोशित थिए त्यहाँका जनता । त्यस्तै, चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्र संविधान संशोधनको पक्षमा र एमालेचाहिँ विपक्षमा उभिएकाले रिस फेर्ने मौकासमेत पाएका थिए । र, स्थानीय निर्वाचनमा एमालेका उमेदवारहरू घरदैलो त के कोणसभा गर्नसक्ने परिस्थितिमा समेत थिएनन् ।

Global Ime bank

परिणामस्वरूप ५ प्रदेशमा पहिलो भएको एमाले २ नम्बर प्रदेशमा भने पाँचौँमा खुम्चन पुग्यो र १९ तहमा चित्त बुझाउनुपर्यो ।

तर, अहिले परिस्थितिमा फेरबदल आएको छ  । एमाले उमेदवारहरू मधेसमा सहज रूपमा प्रचारप्रसारमा जुटेका छन् । मत माग्नसक्ने परिस्थिति निर्माण भएको छ ।

मधेसवादी दलको निशाना परिवर्तन

स्थानीय तहको निर्वाचनमा मधेसवादी दलको ‘मुख्य शत्रु’ थियो एमाले । र, एमालेविरुद्धै उनीहरूले प्रचार केन्द्रित गरेका थिए । अन्य शीर्ष नेता मधेसमा खुलेआम घुमेर भोट मागिरहँदा एमाले अध्यक्ष केपी ओली रौतहट काटेर पर जान सकेनन् ।

अहिले मधेसवादी दलका नेताहरूको निशाना परिवर्तन भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो त कांग्रेसप्रति खनिएका छन् । र, मधेसविरोधी संविधान बनाउने कांग्रेसलाई किन मत हाल्ने भनेर प्रश्न गर्दै प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।

स्थानीय तह निर्वाचनअनुसार कांग्रेस मधेसको पहिलो शक्ति हो । र, मधेसवादी दलको मुख्य निशानामा पनि कांग्रेस नै परेको छ यति बेला ।

एमाले–माओवादी गठजोड

माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपछि एमालेलाई मधेस पस्न सजिलो भएको छ । माओवादी केन्द्र र एमाले मधेसका क्रमशः चौथो र पाँचौँ शक्ति हुन् । यी दुई मिलेपछि मधेसमा वाम बलियो भएको छ । 

तथापि राजेन्द्र महतो यसलाई मान्न तयार छैनन् । उनी मधेसमा वाम नभएको र कांग्रेस मधेसवादी दलबीच नै प्रतिस्पर्धा हुने बताउँछन् ।

यस्तै मत छ– संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि । उनी मधेसमा कम्युनिस्टको पक्षमा जनमत नरहेको र लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने शक्तिलाई नै मधेसका जनताले विश्वास गर्ने दाबी गर्छन् । र, उनी मधेसमा मधेसवादी दलकै पल्ला भारी हुने तर्क गर्छन् ।

यता राजपाका महासचिव मनिषकुमार सुमन मधेसमा कुनै दललक्षित विरोध, या निषेधको पक्षमा आफूहरू नरहेको प्रष्ट्याउँछन् । त्यसो त स्थानीय तह निर्वाचनताका पनि उनको कुरा यस्तै थियो । र पनि एमालेलाई मतदातका बीचमा जान सहज थिएन ।

“मधेसका जनताको अनुहारको रंग, लगाउने पोशाकका बारेमा गाली दिएकाले मधेसका जनताको चित्त दुखेर कतैकहिँ अवरोध भएको मात्रै हो, पाहुनलाई स्वागतै गर्ने हाम्रो नीति छ,” उनले त्यति बेला भनेका थिए ।

अहिले पनि एमालेलाई मधेसमा सहज नभएको उनको तर्क छ । जनताका बीचमा जान सजिलो भए पनि जनताको मन जित्न एमालेले नसक्ने उनको दाबी थियो । “स्थानीय तह निर्वाचनका बेलामा कुनै वडामा एमालेले ५०० मत पनि कटाउन सकेको थिएन । गाउँ, नगर प्रमुखमा पनि लज्जाजनक मत ल्याएको थियो, त्यो परिस्थितिमा अहिले पनि फरक आएको मैले पाएको छैन,” उनले भने ।

स्थानीय तह निर्वाचनयता परिस्थितिमा निकै फेरबदल आएकाले वामले राम्रै परिणाम ल्याउने आँकलन गर्छन् जनकपुरका पत्रकार गोविन्द महतो । “स्थानीय तह निर्वाचनका बेला सबैले एमाले हराउ अभियान चलाए । अहिले वाम एकठाउँमा छन् । बरू प्रजातन्त्रवादी शक्तिचाहिँ बाँडिएका छन् । उनीहरूको चाहिँ आशातीत मत नआउन सक्छ,” उनले भने ।

प्रारम्भिक अवस्था हेर्दा, कांग्रेस, वाम र मधेसवादी दल हाराहारीकै अवस्थामा रहेको जिकिरसमेत उनले गरे । दुई नम्बर प्रदेशमा कुनै एक शक्तिको मात्रै सरकार बन्ने सम्भावना नरहेको उनको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC